१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा ड्रोन उडाउने रसियनसहित दुई विदेशी नागरिक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dron-camera-bhaktpur

काठमाडौं, १९ साउन । राजधानीमा ड्रोन क्यामेरा उडाउने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले धोबीघाट स्थित विष्णुजंग रानाको घरको छतबाट ड्रोन उडाइरहेका रसियन नागरिक चुपेन एलेक्सेण्डर र काजिकिस्तानी नागरिक नुसुपोभ एलेक्सेण्डरलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर कार्कीका अनुसार उनीहरुबाट सेतो रंगको ड्रोन क्यामेरा समेत बरामद गरिएको छ । दुबै जनालाई आजै आवश्यक कारबाहीको लागी नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाडौंमा पठाईएको छ ।

ड्रोन सहित विदेशी नागरिक नियन्त्रणमा:-

उपरोक्त सम्बन्धमा मिति २०७३।०४।१९ गते अं १३:०० बजेको समयमा ल. पु. जि. ल. पु. उ. म. नपा वडा नं ०४ धोबीघाट स्थित विष्णुजंग रानाको घरको छतवाट निम्न विदेशी नागरिकहरुले सेतो रङको phantom 4k, dji लेखीएको dron उडाईरहेको अवस्थामा यस परिसर मातहत महानगरीय प्रहरी प्रभाग सानेपा समेत बाट खटीएको प्रहरी टोलीले फेला पारी उक्त dron सहित निम्न विदेशी नागरिकहरुलाई नियन्त्रणमा लिएकोमा निजहरुलाई आजै आवश्यक कारबाहीको लागी नेपाल  नागरिक उडड्यन प्राधिकरण काठमाण्डौमा पठाईएको ।

निम्न:-

  • रसियन नागरिक Chupin Alexander
  • काजिकिस्तानी नागरिक Nussupov Alexanders