काठमाडौं, १९ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणको क्रम बढिरहेको छ ।
यसै क्रममा नेविसंघ त्रिचन्द्रका इकाई अध्यक्ष तथा स्ववियू उपसभापति बिष्णु पौडेल (दारी)ले प्रदेश नं ३ बाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सरल, मिलनसार, वैचारिक, व्यवहारिक र निष्ठावान विद्यार्थी नेताका रुपमा विद्यार्थी माझ परिचित उपसभापति पौडेल नेविसंघ त्रिचन्द्रका निर्वा्चित इकाई अध्यक्ष हुन । नेविसंघको गढ मानिने त्रिचन्द्र, त्यसैमाथि पहिलो निर्वा्चित इकाई अध्यक्ष हुने सौभाग्य पाएका पौडेलको उम्मेदवारीले संगठनमा हलचल पैदा गराएको छ ।
‘वैचारिक, सैद्दान्तिक,व्यवहारिक र मर्या्दित नेविसंघ हाम्रो अभियान, प्रभावकारी नीति, सक्षम नेतृत्व सहितको सवल नेविसंघको लागि ११ औ महाधिवेशन’ भन्ने मूल मर्मका साथ महाधिवेशनमा होमिएका पौडेल अबको नेतृत्व वैचारिक र सैद्दान्तिक हिसाबमा स्पष्ट र दृढ, व्यवहारिक, उच्च निष्ठावान र पूर्ण रुपमा मर्या्दित रहनुपर्ने बताउछन् ।
वैचारिक रुपमा दृढ र अनुशासित नेतृत्व मार्फत प्राज्ञिक वातावरणको निमार्ण र स्तर उन्नति गर्दै शैक्षिक माफियाकरणको अन्त्य गर्ने, प्रविधियुक्त शैक्षिक वातावरणको आधार तयार पार्दै व्यवसायिक शिक्षा मार्फत समाजवादी व्यवस्थामा आधारित समाज निर्माणको आधार तयार पार्ने आफ्नो मुल उद्देश्य रहेको बताउने पौडेल त्यसको लागि लाखौ विद्यार्थीका माझमा रहेर वषौदेखि विद्याथीको हकहितमा क्रियाशील रहेकाले आफु योग्य रहेको दावी गरे ।
अन्य उम्मेदवारको तुलनामा बलियो उम्मेदबार रहेका र उनको जितले संगठनमा इमान्दारिता, निष्ठा र समर्पणको संचार गराउने नेविसंघका नेताहरु बताउछन् ।












प्रतिक्रिया