३० आश्विन २०८३, शुक्रबार

प्रचण्डज्यू संबिधानमा कार्यकारी आँटेर आउनुस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-sargam

– सरगम भट्टराई

संबिधानमा कार्यकारी आँटेर आउनुस,
देशभक्तिको नयाँ डोरी बाटेर आउनुस

यस्तो तालले फाप्दैन यहाँ संघियता,
सहमतीका नयाँ चिरा काटेर आउनुस,

राष्ट्रप्रेम जस्तो ठूलो केहि छैन कुरा,
घात गर्ने छिमेकीलाई छाँटेर आउनुस,

भोकै छन मान्छेहरु ओतको त के कुरा ?
भन्दिन म अरु जस्तै ढाँटेर आउनुस ,

जनतालाई भँड्याएर हुन्न सधै भरि,
सबै भाषा भाषी जोड्न तातेर आउनुस ,

पालै पालो देश लुट्न हैन लोकतन्त्र,
समृद्दिको पंचामृत चाटेर आउनुस,

ओली भन्दा धेरै देख्नुस, पुरा हुने सपनाहरु
यो देशको मुहार फेर्न तातेर आउनुस ।