१९ कार्तिक २०८३, बिहिबार

अबैध मदिरा नियन्त्रण गर्ने अभियानमा जोरायल प्रहरी

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

डोटी, १९ साउन । डोटीका ग्रामिण क्षेत्रमा अबैध मदिरा तथा जुवा तास मौलाएको उजुरी आउन थालेपछि त्यसको कार्बाहिका लागि जोरायलका प्रहरीहरु निकै सक्रिय भएका छन् ।

त्यहाँका बिभिन्न क्षेत्रमा अहिले प्रहरीले ब्यापक रुपमा अबैध मदिरा नियन्त्रण गर्नुका साथै पक्राउ समेत गर्न थालेको स्थानियबासीहरु बताउछन् । यसै सिलसिलामा ईलाका प्रहरी कार्यालय जोरायलले डोटीको निरौली, लक्ष्मिनगर, सरस्वतीनगर तथा गड्सेरा गाबिसमा अबैध मदिरा बेचबिखन गर्ने तथा जुवा तास खेल्ने खेलाउने लाई पछिल्लो समय धमाधम पक्राउ गर्न थालेको जोरायलका चित्र भट्टले बताए ।

उनका अनुसार प्रहरीले निरौली गाबिसमा अबैध मदिरा बेच्ने गणेश साउद, झलक जेठारा, चक्र बोगटी, कर्ण बोगटी तथा जुवा तास खेलाउने गड्सेराका ध्वजबहादुर देउवालाई कार्बाही गरेको छ । यहाँका बिभिन्न गाबिसमा गठन भएका मदिरा नियन्त्रण समिती तथा प्रहरीको सक्रियतामा अहिले जोरायल लगायत आसपासका क्षेत्रमा अबैध तथा बिना लाईसेन्सका बिक्रि बितरण भईरहेका मदिरा पुर्ण रुपमा निषेध गर्ने अभियान सञ्चालन भएकाले सोही अनुरुप आफुहरु पनि सक्रिए भएको ईलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रनानी रामचन्द्र पन्तले बताए ।

उनले भने ‘मदिरा नियन्त्रणका लागि गाउमा गठन भएका समिती र आमा समुहको सहकार्यमा हामी पनि सक्रिए भएका छौं, सबैको साथ मिले अबैध मदिरा निर्मुल हुन्छ ।’मदिरा सेवन गरी झै झगडा हुँदा डोटीमा हाल सम्म सयौको ज्यान गई सकेको छ, भने कयौका घर बार बिहिन भएका छन् । प्रहरीको मदिरा तथा जुवा तास रोकथाम अभियान अहिले यहाँका गाउमा बढी सक्रिए भएको छ । मदिरा बेच बिखनका लागि कोलेनीका बाट लाईसेन्स अर्थात ईजाजतपत्र लिएर मात्रै बिक्रि बितरण गर्न पाईने भएपनि यहाँका ग्रामिण क्षेत्रमा अधिकांसले ईजाजतपत्र बिनानै मदिरा बिक्रि बितरण गर्ने गरेको र गाउघरमा मदिरा आतंक फैलिन थालेपछि कार्बाहिका लागि सक्रियता देखाउन ग्रामिण क्षेत्रका प्रहरीलाई आफुले निर्देशन दिएको डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताए । उनले भने ‘जिल्लामा आउने अधिकांस घटनाहरुको कारण मदिरा हुने भएकाले मदिरा बन्द गर्न सके घटना कम हुन्थेकी भन्ने मानसायले यो अभियान सुरु गरेको छु,आसा छ घटनामा कमी आउछ होला ।’ उता डोटीका गाउमा गठन भएका मदिरा बन्द समितीले मदिरा प्रहरीले आफै सुराक गरी पक्रेमा जरीवानाको ५० प्रतिसत तथा समिती संगै पक्राउ गरेमा ४० प्रतिसत प्रहरी कार्यालय सञ्चालनका लागि दिने गरेपछि प्रहरीको सक्रियता झन बढेको सरस्वतीनगर गाबिसका गाबिस सचिब भुवनेश्वर अधिकारीले बताए ।

उनले भने ‘अबैध मदिरा बिक्रि बितरण गरेबाफतको जारीवाना बाट केही प्रतिसत रकम प्रहरीलाई अन्य रकम यहाँका बिद्यालय तथासार्बजनिक क्षेत्रमा खर्च गर्ने गरेका छौ,प्रहरी तथा सार्वजनिक काममा उक्त रकम खर्च हुन थालेपछि नियन्त्रणमा स्थानियहरुको पनि सक्रियता बढेको छ ।’ गाउमा प्रहरी,आमा समुह तथा मदिरा नियन्त्रण समितीले अबैध तथा बिना ईजाजतका मदिरा बेचबिखन गर्ने लाई धमाधम कार्बाहि गर्न थालेपछि अहिले गाउमा होहल्ला तथा झैझगडामा कमी आउन थालेको जोरायलका खगेश मल्ले बताए । उनले भने ‘गाउमा जाँड खाएर हल्ला गर्ने कार्बाहिमा पर्न थालेपछि गाउमा शान्ति आएको छ तर यो अभियान क्षणिकलाई नभएर सधै निरन्तर हुनुपर्छ ।’

विमल विष्टबाट ।