काठमाडौं, १९ साउन । देशको ३९ औं प्रधानमन्त्री बन्न लागेका नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आज नयाँ इतिहास रच्दैछन् ।
प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका प्रचण्ड बुधवार निर्वाचित भए उनी इतिहास रच्दै प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन् ।
नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि कोही दोहोरिन पाएका छैनन् । २०५१ सालको मध्यावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । ९ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नुपरेको थियो ।
नागरिक दैनिक लेख्छ– विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भएपनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो ।
त्यतिबेला तत्कालीन एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेको थियो । त्यो सरकार पनि ९ महिनाभन्दा बढी टिक्न सकेन ।
















प्रतिक्रिया