२० कार्तिक २०८३, शुक्रबार

नेविसंघमा समावेशीको मुद्दा अहम

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisanghaकाठमाडौं, १८ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिशेन हुने निश्चित भएसँगै राजधानीमा महाधिबेशनको सरगर्मी बढेको छ । लामो समयपछि हुन लागेको महाधिबेशनको तयारी हुन थालेपछि विद्यार्थीमा उत्साह बढेको हो ।

कांग्रेसको नर्शरी मानिने भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिबेशन करिब एक दशकपछि हुन लागेको हो । लामो समय महाधिबेशन नभएकै कारण उम्मेदवारी घोषणा गर्नेको संख्या पनि उत्तिकै छ । उम्मेदवारी घोषणा गर्नेमा पदाधिकारीका आकांक्षी धेरै छन् । महाधिबेशनको मिति नजिकिँदै गर्दासामाजिक संञ्जालमार्फत् उम्मेवारी घोषणा गर्ने क्रम बढेको छ ।

साउन २३ गते राजधानीको भृकृटी मण्डपमा सुरु हुने महाधिबशेनका लागि पार्टी तथा विद्यार्थी नेताको कसरत बढेको छ । महाधिबेशन निर्देशक समितिले अधिबेशनको लागि प्राबिधिक तथा ब्यवस्थापकीय तयारी तीव्र पारेको छ । निर्देशक समितिका एक सदस्यका अनुसार सदस्यता बिवादको अन्त्यका लागि प्रयास भइरहेको छ । बिधान टुंगो लगाउनका लागि निर्देसक समितिमा छलफल भइरहेको बताइएको छ ।

समावेशी बिधानका लागि आग्रह

Nayansing Maharविद्यार्थी नेताहरूको एक समुहले आज बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटी नेबिसंघको विधान अधिकत्तम समाबेशी बनाउन आग्रह गरेका छन् । विधानको टुंगो लगाउन निर्देसक समिति सक्रिय रहेका बेला समावेशी समुहकै विद्यार्थीहरूले पार्टी सभापतिलाई यस्तो दबाव दिएका हुन् । मुलुक संघीय समावेशी संरचनामा गइसकेका बेला नेविसंघको पदाधिकारी तहदेखि नै समावेशी हुनुपर्ने माग निवर्तमान उपाध्यक्ष तथा ११ औं महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेद्वार नैनसिंह महरले जोडतोडका साथ उठाउँदै आएका छन् ।

‘हामीले बिधान अधिकत्तम समावेशी हुनुपर्ने माग पार्टी सभापतिलाई राखेका छौं’, भेटमा सहभागी एक विद्यार्थी नेताले भने, ‘समावेशी बिधान र समाबेशी चरित्रको नेतृत्व हाम्रो अभियान हो । हामीले पार्टी सभापति सहित नेताहरूलाई दबाव दिईरहेका छौं ।’

नेतृत्वको दौडमा रहेका विद्यार्थी नेताहरुले पनि नेबिसंघ सबैको साझा हुने गरी बिधान टुंगो लगाउन आग्रह गरेका छन् । ‘समाबेशीताको माग जायज हो, मैले यो मुद्दा नेसिसंघमा समेत उठाउँदै आएको हुँ’, अध्यक्षका प्रत्यासी नैनसिंह महरले भने ।

उम्मेदवारको टुंगो लगाउन कसरत

नेबिसंघ महाधिबेशनमा उम्मेदवार तय गर्न पार्टीका तिनबटै समुह सक्रिय भएपनि अन्त्यमा दुई समुहमा प्रतिष्पर्धा हुने भएको आंकलन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समुहमा उम्मेदवार टुंगो लगाउन कसरतमा जुटेका छन् । दुबै नेताले अध्यक्षसहित प्यानल घोषणा गर्न अन्तिम तयारी गरिरहेका छन् । नेताहरुले आफ्नो समुहमा छलफललाई तिव्रता दिएका छन् ।

स्रोतका अनुसार पार्टी सभापति देउवाले नैनसिंह महरलाई अध्यक्षका रूपमा अगाडी सार्ने भएका छन् । देशभरी बलियो नेटवर्क, बौद्धिक छवि तथा लोकप्रिय मुद्दाका कारण देउवाले महरलाई अध्यक्षमा अघि सार्ने भएका हुन् । रामचन्द्र पौडेल समुहबाट मनोजमणि आर्चायलाई उम्मेदवार बनाउने अन्तिम कसरत भइरहेको स्रोतको दावी छ । समुहमा तुलनात्मक रुपमा आचार्य बलियो भएको पौडेल समुहको बुझाई छ ।