स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समयदेखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त गरेको छ ।
काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्षदेखि बार्सिलोना बस्दै आएका छन् । गैर आबासिय नेपाली संघ स्पेनको संस्थापक हुँदै आईसीसी सदस्य समेत भैसकेका खरेललाई नेपालमा पर्यटन प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले खरेललाई गत जुलाई ११, २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो ।
स्पेनको बार्सिलोना क्षेत्रको लागि खरेललाई उक्त पदमा नियुक्त गरेको हो । स्पेनबाट पर्यटन दूतमा नियुक्ति हुने खरेल पहिलो व्यक्ति हुन् ।
नेपाल पर्यटन बोर्डले नियुक्ति गरेकोमा खरेलले सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कटिबद्ध रहेको बताएका छन् ।
पर्यटन दूतमा नियुक्त भएपछि आफू निकै उत्साहित भएको र आफूले गर्ने कुनै कर्तब्यमा आफू नचुक्ने र पछि नहट्ने बताए ।
बिजय शर्मा दर्पणबाट ।















प्रतिक्रिया