काठमाडौं, १८ साउन । बारम्बार सचेत गराउँदा गराउँदै पनि एकपछि अर्को गरेर यौन विचलनका कारण कारबाहीमा परेका र गल्तीकमजोरी सच्याउनुको सट्टा उल्टै वैचारिक कुरा उठाएर पार्टीमा रडाको मच्चाउन थालेपछि थप कारबाहीमा परेका र पार्टी छाडेर कम्युनिस्ट न्युक्लिअस खोलेका तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का कारण ‘विप्लव’ समूहमा भाँडभैलो मच्चिएको कुरा थाहा हुनआएको छ ।
नयाँ पार्टी गठन गरेर प्रचण्डलाई देखाइदिने भनेर धेरजसो आफना भाइभतिजा र नक्कली नाम राखेर ९ जनाको सङ्ख्या पुर्याएर कम्युनिस्ट न्युक्लिअस नेपाल खोलेका ओलीको समूहबाट गठन गर्दाको समयका सबैजसो मान्छेहरू आआफ्नो पार्टीमा फिर्किसकेका छन् । उनले न्युक्लिअसमा राखेका दिनेश पन्थी, रेसम पुन, मनप्रसाद श्रेष्ठ, शेरकुमार खड्का माओवादी केन्द्रमा र समीर यात्री (खम्बु चन्द) बैद्य समूहमा फर्किसकेका छन् । जनयुद्धकालमा शङ्कास्पद गतिविधि गरेको भनेर अछामको जिल्ला पार्टीले कालो सूचीमा राखेको पात्रलाई अर्कै नाम राखेर ओलीले केन्द्रमा ल्याएको विषयलाई लिएर न्युक्लिअसमा विवाद भइरहेको अवस्थामा माओवादीको लेटरप्याड बनाएर पैसाको धम्की दिने र मान्छेलाई अपहरण गरेर पैसा असुलेका कारण जेल परेका र प्रहरीको कालो सूचीमा परेका मान्छेहरूबाट राम्रै रकम हात पारेर माओवादीहरूबीच एकता भन्दै सुदर्शनले न्युक्लिअसमा प्रवेश गराएपछि अछामका एक जना विवादास्पद पात्रबाहेक गठन गर्दाको समयका सबै सदस्यहरू अहिले उनीबाट टाढिएको र एरियास्तरका मान्छेहरूलाई जम्मा पारेर सङ्ख्या पूरा गरेको कुरा पनि थाहा हुनआएको छ ।
यसबीच सुदर्शन ओलीले पार्टी एकताका लागि विप्लव समूह र बैद्य समूहसित कुराकानी चलाए पनि उनको अपारदर्शी क्रियाकलाप र गलत व्यक्तिहरूलाई लिएर पदको बार्गेनिङ गर्न थालेपछि दुवै समूहले उनीसितको एकताप्रति रूचि नराखेको थाहा भएको छ । ओलीप्रति सकारात्मक हुन सकिए पनि गलत मान्छेहरूलाई लिइर हिँडेको र एरिया स्तरका र अपराधिक गतिविधिसित जोडिएका व्यक्तिहरूलाई लिएर अमुकअमुकलाई अमुक पद दिनुपर्छ भनेका कारण पहिले ओलीलाई प्रवेश गराउन सकारात्मक देखिएको विप्लव समूह पनि अहिले पन्छिन खोजेको थाहा हुनआएको छ । विप्लव समूहमा पनि विप्लव ओलीप्रति केही सकारात्मक देखिए पनि प्रकाण्ड र संतोष बुढा मगर सकारात्मक नरहेको र ओलीलाई प्रवेश गराउने हो भने आफूलाई ओलीभन्दा माथि स्थायी सदस्य बनाउनुपर्ने प्रस्ताव संतोष बुढा मगरले राखेको थाहा हुनआएको छ । ओली राप्ती राज्यसमिति इन्चार्ज हुँदा सन्तोष बुढा मगर रोल्पा जिल्ला पार्टी सदस्य मात्र थिए । विप्लवसहित अहिलेको ३ जनाको स्थायी समिति बढाएर चौथो नम्बरमा संतोष र पाँचौँमा ओलीलाई राख्ने समझदारी विप्लव र संतोषबीच भएको कुरा बाहिर आउन नपाउँदै पाका नेता इश्वरी दाहाल ‘असारे’ र पुराना नेता चित्रबहादुर आलेले आपत्ति जनाएको कुरा पनि थाहा हुनआएको छ । असारे २०४० सालकै केन्द्रीय सदस्य हुन् भने चित्र बहादुर आले एकताकेन्द्र निर्माण हुँदाका केन्द्रीय सदस्य हुन् ।
पार्टी रुकुमरोल्पाको मात्र होइन, सिङ्गो नेपालको हो र दुई जनाको मिलोमतोमा जे पनि निर्णय गर्न मिल्दैन भनेर कार्यकर्ता तहबाटसमेत आवाज उठेको र समस्यालाई सही किसिमले समाधान नगरे विद्रोहसमेत हुन सक्ने स्थिति अहिले विप्लव समूहमा देखापरेको छ । एकातिर आफूलाई माइनस गरेको भनेर विप्लवपछिका दोस्रा नेता प्रकाण्ड छुट्टै टिम बनाएर कहिले बैद्यसित र कहिले माओवादी केन्द्रसित वार्त गरिरहेको कुरा चर्चामा आएको छ, शरद रसाइलीलगायतका विद्यार्थी नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा लागेको समाचार आइसकेको को छ भने अर्कोतिर ओली र उनको मान्छेहरूलाई व्यवस्थापन गर्न गरिएको निर्णयका कारण पार्टीभित्र मारामारको स्थिति उत्पन्न भएको छ । क्षमता र योग्यता पुगेका पार्टीका दोस्रो पुस्ताका नेताहरूलाई बेवास्ता गर्दै ओलीसितको एकताका नाममा आएका विवादास्पद र अपारदर्शी गतिविधि गर्नेहरूलाई पार्टीमा हुलेर नेता नबनाउन जिल्लाका सेक्रेटरीहरूले सुझाव दिएको र त्यसमा पनि अछाम र ओखलढुङ्का जिल्लाका नेताहरूले विद्रोहको चेतावनी नै दिएको कुरा पनि थाहा हुनआएको छ । त्यति मात्र नभएर बैद्य समूह परित्याग गर्दा गरिएका बाचाहरू पूरा नगर्ने हो भने आन्दोलनलाई धोका हुन्छ र पार्टीलाई स्खलिन हुनबाट र कार्यकर्तालाई माओवादी केन्द्रमा जानबाट जोगाउन गारो हुन्छ भन्ने सुझाव जिल्लाका अधिकांश कायकर्ताले दिएको कुरा पनि थाहा हुनआएको छ । आफ्ना योग्य र पुराना कमरेडप्रति बेवास्त गर्ने र ओली र उनका बदनाम कार्यकर्तालाई नेता बनाएर प्रवेश गराउने विप्लवको मनसायको पछि केस्वार्थले काम गरेको छ भनेर अहिले कार्यकर्ताहरूले चोतर्फी आवाज उठाएको कुरा सडकमै छताछुल्ल भएको छ ।
यसैबीच ओलीका अपारदर्शी क्रियाकलाप र गलत व्यक्तिहरूलाई एकताको नाम दिँदै न्युक्लिअसमा भित्र्याएका कारण असन्तुष्ट बनेका ओलीपछिका नेता डा. ऋषिराज बरालले आफ्नो टिमसहित बैद्य समूहसित एकता गर्ने पहल गरेको कुरा पनि थाहा हुनआएको छ । तीन समूहमा विभाजित विप्लव समूह आफूभित्रको समस्यालाई कसरी हल गर्छ, पछिका दिनमा थाहा होला नै । तर यतिबेर विप्लवको मोहन बैद्यसितको बाक्लो भेटघाटलाई चाहिँ अर्थपूर्णरूपमा हेरिएको छ ।
अविनाश विद्रोहीबाट ।













प्रतिक्रिया