काठमाडौं, १८ साउन । युवा संघ नेपालले सप्तरीको तिलाठी गाविसको दशगजा क्षेत्रमा भारतीयले एकतर्फी रुपमा निर्माण गरेको बाँध भत्काउने क्रममा भारतीयसँग लडेकालाई सम्मान गर्ने भएको छ ।
संघले भारतीयसँग लड्दा घाइते भई काठमाडौंको मनमोहन अस्पतालमा उपचाररत देवनारायण यादव र दुर्गानन्द झालाई बुधबार बुद्धनगरस्थित आफ्नै कार्यालयमा विहान ८ बजे सम्मान गर्ने नेता सञ्जीव रोकाहाले जानकारी दिए ।
उनका अनुसार नेपाली भुमि बचाउन भारतीय दादागिरीविरुद्ध लडेको र राष्ट्रियतालाई उचो पार्न योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिन लागिएको हो ।













प्रतिक्रिया