महेन्द्रनगर, १८ साउन । कञ्चनपुरमा श्रीमानको कुटाईबाट एक महिलाको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुटपिट गरी आफ्नै श्रीमतीलाई मारेको अभियोगमा बाईसेबिचुवा-७ अमर बस्ती बस्ने ३८ बर्षीय चन्द्र बहादुर ठकुल्लासहित दुई जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । कुटपिटमा संलग्न ठकुल्लाका ३० बर्षीय भाई हरी ठकुल्लासमेत पक्राउ परेका हुन् ।
ठकुल्लाले सोमबार घरायसी बिबादमा ३५ बर्षीया श्रीमती लक्ष्मी देबी ठकुल्लालाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि सेती अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया