सिकागो । अमेरिकाको सिकागोमा रहेका नेपालीहरुका बालबच्चालार्इ मातृ भाषा नेपाली सिकाउनको लागि सिकागोल्यांड नेपाली फ़राइण्ड्शिप सोसाइटिले हप्ताको हरेक आइतबार कक्षा संचालन सुरु गरेको छ ।
ठूलो उमेर समूह र प्रारम्भिक उमेर समूहका गरी २ समूहमा पढाई हुने गरेको संस्थाका सभापति गोपाल कँडेलले जानकारी दिए । प्रारभिक उमेर समूहका करिब ४० जना बालबालिका छन् । ठूलो उमेर समूहका १९ जना छन् ।
बिगत २ महिनाअघिदेखि संस्थाको कार्यालयमा कक्षा सञ्चालन भैरहेको छ । संस्थाका कार्यसमिति सदस्य जगन निरौलाले नेपाली भाषा कक्षा संचालनको प्रमुख जिम्मेवारी लिएका छन् ।
शिक्षिका इन्दिरा लुइँटेल, तारा रायमाझी र पार्वती गैरेले अध्यापन गराउने गरेको संस्थाका महासचिब र्इश्वरी बगालेले बताए ।















प्रतिक्रिया