१ कार्तिक २०८३, आइतबार

हलिउड शैलीमा ‘द विनर’ (हेर्नुस् रोचक ट्रेलर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

the winner tralier pic fb

काठमाडौं । यस बर्षको प्रतिक्षित चलचित्रको रुपमा सर्बत्र चर्चामा रहेको ‘द विनर’को ट्रेलर, सार्बजनिक गरिएको छ । चलचित्रको निर्माण पक्षले सोमबार सामाजिक संजाल युट्युबमार्फत ट्रेलर, सार्बजनिक गरेको हो ।

बर्षको सुरुवात देखि नै हलिउड, बलिउड फिल्मको स्तरमा बनेको चलचित्र भन्दै चौतर्फी चर्चा चुलिएको छ । केहि महिनाअघि सार्बजनिक टिजर र ‘परी’ बोलको गीतले पनि चलचित्रको स्तरलाई प्रष्ट पारेको छ ।

सार्बजनिक ट्रेलरमा फिल्मका मुख्य नायक नायिका महेशमान श्रेष्ठ,पुर्ब मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलाई स्थान दिईएको छ । उक्त ट्रेलरका कारण फिल्मको भाउ समेत बढाउने निश्चित देखिन्छ । ट्रेलरले पनि हलिउड स्तरलाई झल्काएको छ । यस्तै सार्बजनिक नगरिएको एक कल्ब सङलाई पनि समाबेश गरेको छ ।

अष्ट्रेलियामा फिल्मको भब्य रेड कार्पेट प्रिमियरको तयारीमा रहेको निर्माण पक्षले सार्बजनिक ट्रेलरलाई आम दर्शकले रुचाउने विश्वास लिएको छ । फिल्मको अहिले सम्मको प्रतिकृया, टिजर, गीत र ट्रेलरको स्तरका हिसाबले नै ओभरसिज राईट निकै महंगो मुल्यमा बेच्ने भएका छन् ।

फिल्मको अष्ट्रेलिया लगायतका देशहरुमा ओभरसिज राईट बिक्री भईसकेको छ । भने अन्य देशहरुका लागि निर्माण पक्षले उत्कृष्ट मुल्य खोजिरहेको निर्माता बिकास खरेलले जानकारी दिए । उता अष्ट्रेलियाका निर्माता रोयल मास्केले पनि सार्बजनिक ट्रेलरकै आधारमा फिल्मको डिमान्ड बढ्ने दाबी गरेका छन् ।

हिक्मत बिष्ट निर्देशित तथा ट्रेलर,दुबई र नेपालमा छाँयाकन गरिएको चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी,बिकास खरेल,रितेश राणा,सृजना शाह,रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्मलाई अष्ट्रेलियन सिनेमेट्रोग्राफर एन्टोनी मिखो र पुरुशोतम प्रधानले खिचेका हुन । फिल्मको ट्रेलरले सस्पेन्स,थ्रिलर र एक्सनलाई फोकस गरेको छ ।

https://www.youtube.com/watch?v=rcate6wPlGg