महिला हिँसाको प्रकृत्ति र प्रवृत्ति राष्ट्रको समग्र विकासका निम्ति सबै पक्ष,वर्ग,लिङ्ग,भूगोल र जातका मानिसको समान विकास हुनु भनेको आवश्यक नै हो । तर समुन्नत विकासको परिचय त्यहाँको शिक्षा स्वास्थ्य,आर्य आर्जनमा के कस्तो पहुच सहभागिता,र जनताको जीवनस्तर के कस्तो छ । यसले स्वतः देखाउँछ । त्यसैले महिलाको विकास र सहभागितामा मुलुकको समग्र विकास र क्रियासिलताको प्रमुख पक्ष रहेको छ । समाजमा दिन प्रतिदिन महिला हिँसा घटिरहेका हुन्छन् । कोहि बलात्कारको पसिकार त कोहि बोक्सिको आरोपमा घर निकाला भएका छन् । कहि कतै परम्परा रुढिवादी सँस्कार मूल्य मान्यता अनुसार महिलालाई विभेदपूर्ण गर्दे आएका हुन्छन् । यि महिलाका समस्या गाउँमा मात्र होइन गाउँ भन्दा पनि महिलाका समस्या शहर बजारमा बढि राखेका घटना बारम्बार आइरहेका हुन्छन् । कुनै व्यक्तिलाई बोक्सिको आरोप लगाउने,रआरोपित व्यक्तिलाई क्रुर अमानविय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिने जस्तो अमानविय कार्यलाई दण्डनिय वनाई सामाजिक कुरिती तथा अनधविश्वासका रुपमा रहेको त्यस्ते कार्य गरेमा नेपालको सँविधानको धारा ८३ बमोजिम व्यवस्थापिका सँसदको हैसियतमा सँविधानले यो ऐन बनाएको छ । तर ऐन कानुन नियमावली त्यहि सँसदमा नै छ ।
२०६३–०६३ को आन्दोलन पश्चात हाम्रो मुलुक सँघीय लोकत्रान्त्रीक गणतन्त्रतिर प्रवेश गरेको छ । विकासको मूलधारमा सम्पूर्ण जाती वर्ग,समान पहुच वृद्धिका लागी विविध प्रकृत्तिका सकारात्मक विभेदका नीतिहरु राज्यले अझैसम्म अवलम्वन गर्न सकिरहेको छैन् । नेपालका सन्दर्भमा महिला हकको सवालमा २०६३ जेठ १६ को सँसदमा पेस भएको सङकल्प प्रस्तावका माध्यमबाट ३३ प्रतिशत महिला सम्पूर्ण क्षेत्रमा सहभागिता र अन्य विषयलाई विधिवत रुपमा सुरुवात गर्ने कार्य राजनीतिक निर्णय हो । यो यो व्यवस्थापिका सँसद अन्र्तगत सँविधान सभामा प्रतिनिधित्व गराइएको एक झलक मात्र हो ।
हरेक मन्त्रीमण्डलमा केहि अल्प स्थान भएपनि महिलाहरु समावेश गर्ने पर्ने वाध्यतामा राजनीतिक पार्टीहरु पूगेका छन् । पटक पटकका मन्त्रीमण्डलमा महिलाहरुको उपस्थितले नेपाली महिला आन्दोलनमा के योगदान गरेको छ । मन्त्रीमण्डल सँविधानसभा सँसद लोकसेवाबाट जागरि खाने विभिन्न षेत्रहरु सार्वजनिक सँस्थान सेना,प्रहरी,इत्यादिमा महिलाहरुको प्रतिनिधित्व बढदो छ । यो राम्रो कमुरा हो तर यो उपस्थितले आम नेपाली महिलाहरु जो यि सबैको पहुच भन्दा बाहिर छन् । र आम महिलाको जीवनमा के कसरी परिवर्तन ल्याएको छ ? पिठयुमा बच्चा बोकेरे गिट्ठी कुटने ,सडक सफा गर्ने रोजगारीको लागी विदेश जानु पर्ने र त्यहाँ गएर पनि नारकिय ढँगले बाच्नु पर्ने अरुको श्रीमति बनेर समेत विदेश जानु पर्ने वा विभिन्न देशहरुमा त्यहाका वृद्धहरुकी श्रीमति बनेर नोकरीमा जानु पर्ने रहेको छ । बेश्यालयमा,बेचिनु बोक्सीको आरोपमा कुटिनु र अपमानित हुनु पर्ने र दाइजो कम ल्याएको आरोपमा यसको विशेषतः तराई क्षेत्रमा वढि यस्ता घटना हने गरेका छन् । यि यस्ता समस्याको समाधान केहि क्षेत्रमा महिलाहरुको विशेष प्रतिनिधित्व वा आरक्षणले गर्देन् । सरकारी वा अन्य सार्वजनिक क्षेत्रका रोजगार प्राप्त महिलाहरु मध्ये पनि तल्लो तह र उपल्लो तहमा जागिर खाने महिलाका समस्या र समाधानका उपाय एउटै होलान त ? बाटो सफा गर्ने महिला रोजगारको लागी विदेश जाने महिला र कर्पोरेट सरकारी ओहदामा भएका महिलाका समस्या एउटै छन् होला त ? यि यस्ता समस्याहरु हिमाल देखि पहाड,पहाडदेखि तराइसम्म,गाउँ देखि शहरसम्म प्रत्येक दिन घटना घटिरहेका छन् । यस्तै २०७० सालमा काठमाडौको मनमौजुमा महिलालाई कुटपिट गरिएको थियो । मोरङ बेलवारीमा महिला माथि यौन दुव्यृवहार र कालो मोसो दलेको खवर आएका हुन् । महिलाहरु कहिलेसम्म यि घटनाका प्रत्यक्ष दर्सि बन्ने हुन् । के महिलाले महिलाई नै त दुव्यवहार गरेको छैन । गाउँघर भन्दा अहिले वढि हिसाँ शहर वजार केन्द्रित बन्दै गएका छन् । अशिक्षित भन्दा शिक्षितहरुले समाजमा वुकृत्ति र विसँगि वढाएका छन् । शहर वजारमा नै हुन्छ छोरीहरुको दिन ढाडै चरित्र हत्या, लुटपाट भैराखेका छन् ।
















प्रतिक्रिया