
काठमाडौँ, १६ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनमा जितजंग बस्नेतले संस्थापन समूहबाट टिकट पाउने भएका छन् ।
नेविसंघका पूर्व महामन्त्री समेत रहेका बस्नेतलाई टिकट दिन पार्टी सभापति शेरबहादुर देउवा पनी सकारात्मक देखिएका छन् ।
सोमबार नेविसंघको आगामी महाधिवेशनमा पूर्व महामन्त्री बस्नेतलाई पार्टी संस्थापन समूहबाट उम्मेद्वार घोषित गर्न माग गर्दै बुढानिलकण्ठ पुगेको एक विशाल विद्यार्थी प्रतिनिधि मण्डललाई पार्टी सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएको नेविसंघका नेता मनिष थापाले जानकारी दिए ।
‘विद्यार्थीको भावना बुझ्ने लोकप्रिय युवा नेता जितजंग बस्नेतलाई उम्मेदवार बनाउन हामीले पार्टी सभापतिको ध्यानाकर्षण गरायौं,’ उनले भने– ‘उहाँ (देउवा)ले बस्नेतको पक्षमा सकारात्मक प्रतिक्रिया दिनुभयो । नेविसंघको सभापतिको पदको टिकट बस्नेतले नै पाउने कुरा गर्नुभयो ।’
विद्यार्थी प्रतिनिधिमण्डलसँगको भेटमा सभापति देउवाले बिद्यार्थी नेताहरुले राम्रो माहोल बनाउनुपर्ने सुझाव दिएका थिए ।
विद्यार्थी प्रतिनिधि मण्डलको नेतृत्व नेविसंघका नेताद्धय मनिष सिजापति र मनिष थापाले गरेका थिए । सो प्रतिनिधि मण्डलमा उपत्यका नेविसंघसंगै कव्रे, सिन्धुपाल्चोक, रामेछाप लगायतका नेविसंघका नेताहरु सहभागी थिए ।












प्रतिक्रिया