काठमाडौं, १७ साउन । तराईलाई टुक्र्याउने अभियानमा लागेका सीके राउत फेरिक राजधानीमा आएका छन् । जनकपुरमा बस्दै आएका राउत आइतबार काठमाडौं आइपुगेका हुन् ।
आफ्ना नेता तथा कार्यकर्ताका साथ काठमाडौं आइपुगको राउत विशेष अदालतमा चलिरहेको राज्य विप्लवको मुद्दाको तारिख लिन आएका हुन् ।
स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोका अनुसार विभिन्न जिल्लामा पक्राउ परेका कार्यकर्ता र राज्य विप्लवको मुद्दामा तारिख लिन आफूहरू आएको बताए ।
तराईलाई अलग देश बनाउने अभियानमा लागेका सीके राउतका डेढ दर्जन कार्यकर्ताले विशेष अदालतमा लामो समयदेखि मुद्दा खेप्दै आएका छन् ।












प्रतिक्रिया