१ कार्तिक २०८३, आइतबार

भंगेरी चरीले र पोई कमाउने स्वास्नीले उडाउने विमोचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13874728_1659217204402542_217790590_nकाठमाडौं । कलाकार कृष्ण बाबु र गायिका शिलु भट्टराईको तीज गीतको विमोचन शनिवार काठमाडौँमा एक समारोहका वीच मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

गाउँ सेवा परिवार, बिर्घा स्याङ्गजाको २० औं साधारण सभाको अवसरमा भंगेरी चरीले र पोई कमाउने स्वास्नीले उडाउने नामका दुई तीज गीतको विमोचन भएको हो ।

विमोचन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र उद्योग मन्त्रि सोमप्रसाद पाण्डेले तीज गीत सुनी गीत समय सापेक्ष्य रहेको र नव उदयमान प्रतिभाहरुको सहि कदर हुन सकेमा मात्र नेपाली सांगीतिक क्षेत्रको विकाश हुनेमा विश्वाश व्यक्त गरे ।

साङगीतिक क्षेत्रको लामो संघर्षपछि तीज गीत संग्रह सार्वजनिक गरेका कृष्ण बाबु र शिलु भट्टराईले देशकै विशिष्ट व्यक्तिबाट विमोचन गराउन पाउनु आफ्नो लागि निकै गर्वको कुरो जसले गर्दा आगमी दिनमा यस क्षेत्रमा लाग्न अझै प्रेरणा प्रदान गरेको बताए ।

नेपाली समाजमा बढ्दै गएको बिकृति माथि झटारो हान्ने प्रयास यो तीज गीतका माध्यमबाट भएको छ, अहिले सम्मको श्रोता दर्शकको प्रतिक्रिया सन्तोषजनक पाइएको कृष्ण बाबु बताउछन् ।