विश्वकै मोटा व्यक्तिका रुपमा कहलिएका रिकी नापुतीले संसार छाडेका हुन् । एजेन्सीहरुका अनुसार, आवश्यकताभन्दा बढी खाने बानीकै कारण उनले संसार छाडेका छन् ।
चार सय किलो तौल भएका ३९ बर्षीय रिकी सात वर्षदेखि ओछ्यानमै थिए । उनलाई श्रीमती चेरिलले सानो बच्चालाई झैं हेरचाह गर्दै आएकी थिइन ।
रिकी र चेरिल गुआममा बस्ने गर्दथे, जहाँ पुग्न ब्रिस्बेनबाट हवाई यात्राबाट चार घण्टा लाग्छ । गुआम यस्तो द्वीप हो, जहाँ संसारका सबैभन्दा १० सबैभन्दा मोटा व्यक्तिमध्ये ६ जना बसोबास गर्थे।
रिकीलाई चिकित्सकले खाना कम गर्न र आफ्नो तौल घटाउन सुझाव दिएका थिए । तर, उनको मोटोपन घटेन । बरु रिकी तनावको चेपटामा परे । उनी गैस्ट्रीकको सर्जरीका लागि अमेरिकाको टेक्सासमा एक महिला एन्जी फ्लोर्सकहाँ पनि गएका थिए । त्यसपछि उनको वजन ८० किलोग्राम कम भएको थियो । सर्जरीका कारण उनको पेट ८० प्रतिशत घटेको थियो । तर, वजन कम भएर धेरै फाइदा भएन ।
अझ दुःखको कुरा त मोटोपन कम नगरेकै कारण अन्तमा रिकी र चेरिलको विवाह बन्धनसमेत टुटेको थियो । त्यसपछि एक्लो बनेका रिकी औषधि सेवनको मात्र सहारामा लागे । तर, औषधि सेवनले मात्र उनको प्राण जोगाउन सकेन ।













प्रतिक्रिया