रसुवा, १६ साउन । ०७३ साउन १६ गते । स्थानीय निकाय पुर्न संरचना बारे छलफलका क्रममा धुन्चेका स्थानीयले शनिबार आक्रमण गरेको बिरोधमा रसुवामा क्रियाशिल तीन दलले आईतबार गरको रसुवा बन्द खुल्ला भएको छ ।
सदरमुकाम तथा जिल्लाभर बन्द अवधिभर सवारी चलेनन् । प्रहरीले कालिकास्थानमा बन्द खुलाउने प्रयास गरेपनि बन्दकर्ताहरुले नेताहरुमाथि हमला गर्ने कुटपीट गर्नेहरूलाई गिरफ्तार गरी कारवाही गर्न माग गर्दै सडकमा सवारी अवरोध जारी राखेका थिए ।
शनिबार जिल्ला विकास समितिको आयोजनामा भएको स्थानीय नकायको पुर्न संरचना बारे छलफलमा धुन्चे गाविसलाई उत्तरी वा दक्षिणी क्षेत्रको गाविसमा मिलाएर सिमांकन गर्ने विषयमा हुदै गरेको अवस्थामा एक्कसी स्थानीय युवाहरु प्रवेश गरी चियाका गिलासले समेत कुटपीट गरेका थिए । छलफल हुँदै गर्दा एक्कासी बैठक हलमा ६०/७० जनाको समूहमा आएका युवा प्रवेस गरी नेकपा एमाले केन्द्रीय सदस्य माधव अर्याल र नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य जनकजीवन उपाध्यायलाई कुटपीट गरी घाईते पारेका थिए । अर्यालको मुहार, टाउको र खुट्टा तथा उपाध्यायको छातीमा चोट लागेको थियो ।
रेडक्रस सभापति बाबुलाल तामाङ र नेपाली काँग्रेसका स्थानीय लामारेन्जेन घलेको नेतृत्वमा आक्रमण भएको दावी गरे पछि आज सो घटनाको बिरोधमा रसुवा बन्दको आयोजना भएको माओवादी केन्द्रका ईन्द्र गौतम जगतजंगले बताए ।
कुटपीटको बिरुद्धमा नेपाली काँग्रसका सभापति लामाकार्पु तामाङ, नेकपा माओवादी केन्द्रका संयोजक ईन्द्र गौतम जगतजंग, नेकपा एमालेका उपाध्यक्ष विष्णु देवकोटालगायतले एक बिज्ञप्ती जारी गरी नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी रसुवा शाखाका सभापति बाबुलाल तामाङ र नेपाली काँग्रेसका स्थानीय नेता लामारेन्जेन घलेको नेतृत्वमा बैठककक्षमा आक्रमण भएको भन्दै उनीहरुको गिरफ्तारी माग गरेका थिए ।
दिउँसो १ बजे जिल्ला प्रहरीले आरोपी रेडक्रस सभापति तामाङ र घलेलाई प्रहरीले गिरफ्तार गरेपछि बन्द कर्ताले बन्द फिर्ता लिएको बन्दका आयोजकले बिज्ञप्ती जारी गरे पछि सवा १ बजेपछि सवारी साधन सुचारु भएको थियो ।
बन्दका क्रममा रसुवामा दिउँसो १ बजेसम्म मलामी चढेको गाडी, एम्बुलेन्स, केही बाइक बाहेक कुनै सवारी साधन चलेनन् । बन्दका क्रममा अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ । आक्रमण, अराजकता बन्द हड्ताल जस्ता कार्यले नागरिकलाई अहित हुने हुँदा आपसी छलफल तथा समझदारीबाट मुलुक अघि बढेको भन्दै नयाँ संघीय अवधारणा अनुरुप सिमांकनका लागि साझा धारणा बनाउन आवश्यक रहेकोले बार्ता र छलफलको जस्ता उचित बिधी प्रयोग गर्न रसुवाका पत्रकार, मानवअधिकारकर्मी, परिवर्तन पक्षधर नागारिक समाजलगायतसंस्थाले आग्रह गरेका छन् ।
घाईते दुवैजालाई जिल्ला अस्पताल धुन्चेमा उपचार गरी तत्कालै राजधानी पठाइएको थियो । उनीहरुको उपचार राजधानीको ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी कार्यालयका प्रमुख डिएसपी फणिन्द्र प्रसाईले बताउँनुभयो ।
धुन्चेका युवाहरुले सदरमुकाम धुन्चेलाई स्थानीय विकास अधिकारीले दक्षिण क्षेत्रतर्फ जोडेर नयाँ संघीय संरचनाको सिमांकन गर्न लागेको आरोप लाएका छन् । अन्य कुटपीट गर्ने ब्यक्तिहरुको पनि पहिचान भएको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
स्थानीय निकाय पुर्न संरचना बारे छलफलमा धुन्चेका स्थानीयले प्रवेश गरी कुटपीट गर्दा लहरेपौवा गाविस ६ निवासी नेकपा एमाले केन्द्रीय सदस्य माधव अर्याल र ठूलोगाउँ गाविस ७ का नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य जनकजीवन उपाध्यायलाई कुटपीट गरी घाईते पारेका थिए । उनीहरुको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ ।
घाईते दुवैजालाई जिल्ला अस्पताल धुन्चेमा उपचार गरी राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी फणिन्द्र प्रसाईले बताउनुभयो । धुन्चेका युवाहरुले सदरमुकाम धुन्चेलाई स्थानीय विकास अधिकारीले दक्षिण क्षेत्रतर्फ जोडेर सिमांकन गर्न लागेको आरोप लाएका छन् । कुटपीट गर्नेहरुको पहिचान भएको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया