झापा, १६ साउन । आफ्नै छोरालाई खुकुरी प्रहार गरेको अभियोगमा शनिअर्जुन नगरपालिका–२ मिन डाँडा बस्ने ८५ बर्षीय हरिबहादुर बस्नेतलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ ।
बस्नेतले आइतबार घरायसी विवादमा ३६ बर्षीय छोरा प्रेम बहादुर बस्नेतलाई खुकुरी प्रहार गर्दा देब्रे हातको कुम नजिक गहिरो चोट लागेकोले उपचारको लागि कन्काई अस्पताल बिर्तामोडमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया