१९ कार्तिक २०८३, बिहिबार

सहायक रसायन तथा औषधीजन्य कच्चापदार्थसहित कारोवारीहरु पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jaya-bhadur-chand

काठमाडौँ, १६ साउन । लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्सा बिरगंज आदर्शनगर बस्ने २८ बर्षीय मोहित हलानलाई २० केजी १ सय २५ ग्राम अबैध सहायक रसायन Ephedrine/ Pseudoephedrine सहित साउन १२ गते बारा गडीमाई नगरपालिका–७ जितपुरस्थित Arya Pharmalab Pvt. Ltd बाट पक्राउ गरेको छ ।

मोहित हलानलाई प्रहरीले उनले चलाएको बा.७ च ४२३१ नम्बरको कारभित्र चालकको सिटभन्दा पछाडि सिटमा निलो रंगको झोलाभित्र राखिएको अबस्थामा २० के.जी १ सय २५ ग्राम सहायक रसायन (Precursor Chemical) सहित पक्राउ गरेको हो । उक्त बरामद गरिएको सहायक रसायन मध्ये २० केजी पाउडर स्वरुपमा तथा १ सय २५ ग्राम ट्याब्लेट स्वरुपमा फेला परेको थियो ।

प्रारम्भिक सोधपुछ पश्चात निजलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान तथा कारवाहीको लागि बरामद गरीएको अबैध सहायक रसायन Ephedrine/ Pseudoephedrine सहित इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ ।

यसैगरी भारत रामगढवा रक्सौल घर भई हाल काठमाडौँ महानगरपालिका-३३ कमलपोखरी बस्ने Arya Pharma lab pvt ltd को कार्यालयमा कार्यरत ३५ बर्षीय दिलिप पण्डितलाई साउन १२ गते कमलपोखरीबाट प्रहरीले पक्राउ गरी अनुसन्धान तथा सोधपुछ गर्दा निजले ललितपुर उपमहानगरपालिका–६ पाटन औधोगिक क्षेत्रस्थित संघाई प्लाष्टिक ईण्डष्ट्रिज प्रालिको गोदाम कोठामा औषधिजन्य पदार्थहरु राखेको छु भनि खुलाएकोले निजलाई समेत साथमा लिई उक्त ईण्डस्ट्रिजको गोदाममा खानतलासी गर्दा गोदामबाट ३९ वटा कागजको कार्टुनमा रहेको ९ सय ५२ वटा डिब्बा भित्र एकै आकारमा रहेको एकै प्रकारको सेतो ट्याव्लेट स्वरुपमा रहेको ४ सय ७१ किलो ८८ ग्राम औषधिजन्य कच्चा पदार्थ फेला परेको थियो ।

lagu-aausad

उक्त सेता ट्याबलेटहरु रहेको डिब्बाहरुको बाहिर कम्पनिको नाम, औषधिको नाम, उत्पादन मिति, ब्याच नं., एक्सपाईड हुने मिति, कम्पोजिसन, रिटेल मुल्य आदी केहीपनि नलेखिएको अबस्थामा संघाई प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लिको गोदाम कोठामा फेला पारिएको हो ।

निजले उक्त औषधिजन्य कच्चा पदार्थ Arya Pharmalab Pvt. Ltd  का संचालक पवन कुमार संघाईका सहोदर दाजु रतन लाल संघाईको निर्देशनमा उक्त गोदाममा लुकाएर राखेको अनुसन्धानबाट खुल्न आएको छ । निज रतन लाल संघाई तथा पवन कुमार संघाई उक्त प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि का संचालक हुन् ।

प्रहरीले ६६ बर्षीय रतन लाल संघाईलाई शनिबार कोटेश्वर मुनिभैरवबाट पक्राउ गरेको छ । बरामद गरिएको औषधिजन्य कच्चा पदार्थहरु संघाई प्लाष्टिक ईण्डष्ट्रिज प्रालि को गोदाममा लुकाई राख्नको लागि हाल पक्राउमा परेका दिलिप पण्डितलाई तथा प्लाष्टिक ईण्डष्ट्रिजका म्यानेजर हर्षित मिश्रलाई रतन लाल संघाईले राख्न निर्देशन दिएको अनुसन्धानबाट खुलेको छ ।

lagu-aausad-1

पक्राउ परेका दिलिप पण्डितको बयानको आधारमा साउन १३ गते सिनामंगल बस्ने ४३ बर्षीय बद्री बनलाई सिनामंगलबाट तथा झापा मेची नगरपालिका–१० काँकडभिट्टा बस्ने ४६ बर्षीय श्याम तामाङ मोक्तानलाई कलंकीबाट प्रहरीले पक्राउ गरेको छ । निजहरु लामो समय देखि औषधिजन्य कच्चा पदार्थ तथा Ephedrine / Pseudoephedrine सहायक रसायन (precursor chemical) को अबैध ओसारपसारमा संलग्न रहदै आएको अनुसन्धानबाट खुल्न आएको छ ।

सबै अभियुक्तहरुलाई प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा ब्यूरो प्रमुख डीआईजी जय बहादुर चन्दले सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।