काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले पालैपालो प्रधानमन्त्री बन्ने र बनाउने नेताहरुको खेलप्रति व्यग्ंय हानेका छन् ।
उनले प्रधानमन्त्रीको लाइनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मान्छे होइन् देश बनाउन आग्रह गरेका छन् । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको प्रसंग निकाल्दै उनले ‘इतिहास मान्छे बनाउनेको होइन देश बनाउनेको लेखिन्छ!’ भनेका छन् ।
यस्तो छ दीपकको स्टाटसः
बामदेब गौतमले भनेछन् दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउन
सकिन … अस्ति प्रचण्डले नै भने, २–३ जना साथीलाई प्रधानमन्त्री बनाए …बाबुराम, केपी ओली, झलनाथ खनाल
स्व गिरिजाप्रसादले माधब कुमारलाई बनाएर गए……
यसले उसलाई बनाए भन्छ
उसले उसलाई बनाए भन्छ…..
तर इतिहास मान्छे बनाउनेको होइन देश बनाउनेको लेखिन्छ!!!















प्रतिक्रिया