१९ कार्तिक २०८३, बिहिबार

देउवाद्वारा महालक्ष्मी उपाध्यायलाई केन्द्रीय सदस्यमा नियुक्त

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahalaxmi Upadhyaya Dinaकाठमाडौं, १६ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान २०१७ को धारा २१ (ठ) अनुसार केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

मकवानपुर जिल्ला घर भएकी उपाध्याय पदमकन्या क्याम्पसमा स्ववियु सभापति समेत भइसक्नुभएको थियो । उहाँ समानुपातिक सांसद पनि हुनुहुन्छ ।