वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रको बाल्टिमोरमा गत जुलाई २७ तारिख नेपाली समुदायको बिशेष पहलमा लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापना भएको छ ।
विश्व कै सबैभन्दा ठूलो तथा सर्बाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लवमा बैकुन्ठ मान श्रेष्ठको नेतृत्वमा भब्य कार्यक्रमका बीच विधिवत स्थापना भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका अवैतनिक महा वाणिज्यदूत प्रेमराजा महत रहेका थिए ।
यसको यसको साथै लायन्स क्लव २२ ए का गभर्नर चक एगेंदर, सचिव मालें मरूची, निवर्तमान गभर्नर लारी बटंन, लायन्स क्लव अन्तर्राष्ट्रियका पूर्व अध्यक्ष क्लेम पुस्पक, अन्तर्राष्ट्रिय निर्देशक सन्जय खेतान, रिचर्ड लेबोटो, लायन्स क्लव अफ ऐबर्डीनका अध्यक्ष विजोय मोहंतको उपस्थितिमा नया कार्यकारी समितिको गठन भएको छ ।
उक्त क्लबको सबै भन्दा पहिलो सदस्य महा वाणिज्यदूत प्रेमराजा महतले लिएका छन् । डिसी महानगर क्षेत्रका बिशेष महत्वपूर्ण व्यक्तिहरुमा बानाका वर्तमान अध्यक्ष कुलमणि आचार्य, सुवोध विलास पन्त, बानाका पूर्व अध्यक्षहरू बिजय श्रेष्ठ, क्रिस घिमिरे, प्रवासी नेपालि मन्चका महासचिव प्रभु थापा, गैरआवासीय नेपाली संघ मेरिल्यान्डका अध्यक्ष जेदु पोख्रेल, नाशोका अध्यक्ष गोपाल विक तथा पूर्व अध्यक्ष धर्म बिश्वकर्मा समेत यसका सदस्य रहेका छन् ।
















प्रतिक्रिया