– निशानदाजु भट्टराई
दाङ, १५ साउन । दाङको धर्ना गाविसमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी महिलाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अखिल नेपाल महिला संघ धर्ना गाँउ कमिटीले शनिवार धर्ना ३ बनघरमा आयोजना गरेको भेलामा विभिन्न पार्टी परित्याग गरी एक दर्जन महिला एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुमा यशोधा सुवेदी, माया सुवेदी, मिना केसी, बसन्ता केसी, विष्णु केसी, प्रेमकुमारी विक, जुनकुमारी विक लगायतका रहनु भएको छ । नव प्रवेशीहरुलाई नेकपा एमालेका पुर्व अञ्चल कमिटी सदस्य सीता न्यौपाने, जिल्ला सदस्य तथा धर्ना इञ्चार्ज गेहेन्द्र बस्नेत र अनेम संघ दाङका अध्यक्ष मिना गुरुङले संयुक्त रुपमा टिका लगाएर स्वागत गर्नु भएको थियो ।
गाउँ कमिटीका अध्यक्ष बसन्ता महराको अध्यक्षता एंव एमालेका पूर्व अञ्चल कमिटी सदस्य सीता न्यौपानेको प्रमुख आतिथ्यता तथा एमाले दाङका जिल्ला सदस्य गेहेन्द्र बस्नेत र अनेम संघ दाङका अध्यक्ष मिना गुरुङको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
सदस्य गौरा केसीको स्वागत मन्तब्यबाट शुरु भएको भेलाको उद्घाटन कार्यक्रममा गाउँ कमिटीका अध्यक्ष भुमबहादुर गिरी, पूर्व गाउँ कमिटीका अध्यक्ष भिमकान्त दाहाल, धर्ना युवा सञ्जालका अध्यक्ष वुमानसिह कार्की, नेकपा एमालेका क्षेत्रीय सदस्य इन्द्र बुढाथोकी, डिल्लीबहादुर नेपाली लगायतकाले बोल्नु भएको थियो ।
भेलाले बसन्ती महराको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा भुमा नेपाली, सचिवमा पिमा गिरी, सहसचिवमा गौरा केसी र सदस्यहरुमा बालिका विक, टिका केसी, देवा थापा, बसन्ता केसी रहनु भएको छ । भेलाको सञ्चालन झगेन्द्र बस्नेतले गर्नुभएको थियो ।













प्रतिक्रिया