१ कार्तिक २०८३, शनिबार

एनआरएनए साउदीको नवौं वार्षिकोत्सव सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRN-saudi

साउदी अरब । गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।

गत जुलाई २९ का दिन अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थापकहरुमा विरेन्द्र चौधरी, ओम घले, राजु सैयद र रुद्र सारु मगर रहेका थिए । समाजसेवीमा जोन अर्याल र सिरी यवा लिम्बू सम्मानित भएका थिए । कार्यक्रममा यस वर्षको उत्कृष्ट एनआरएनएमा तेजुकुमार श्रेष्ठ, मनोज बराल, भिम गुरुङ र दलबहादुर पुलामीलाई घोषणा गरेर सम्मान गरिएको थियो ।

नेपाली राजदुवासका साउदी अरबका श्रम सहचारी अम्बिका अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको उद्घाटन नौ वटा मैनबत्ति बालेर गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम केसीले कतारमा सम्पन्न मध्यपूर्वको बैठकको निर्णयका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष डम्बर यादवले आर्थिक प्रतिवेदन र महासचिव तेजबहादुर थापाले प्रगतिप्रतिवेदन पेश गरेका थिए । केन्द्रिय सदस्य उमेश भट्टराईले स्वागत गरेको सो कार्यक्रममा राष्ट्रिय गीत गाउनुका साथै क्षेत्रीय तथा स्थानीय समितिले ब्यानर सहित झाँकी प्रदर्शन गरेका थिए ।

संस्थाका प्रमुख सल्लाहकार डोरबहादुर कार्की लगायतको उपस्थिति रहेको सो कार्यक्रमको सभापतित्व केन्द्रिय अध्यक्ष नारायण पाशवनले गरेका थिए । सोही कार्यक्रममा पीडित कामदारहरुको गुनासोको श्रम सहचारी अधिकारीबाट सुनुवाई समेत गरिएको थियो । सो क्रममा अधिकारीले मौखिक उजुरीको कार्वाही गर्न समस्या भएको जानकारी दिदै लिखित उजुरी दिन आग्रह गरेका थिए । लिखित उजुरीको चाडै सुनुवाई समेत हुने आश्वासन दिए ।