१ कार्तिक २०८३, आइतबार

प्रचण्ड बालुवाटार पुगे, ओलीसँग सहयोग माग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda
फाइल तस्वीर

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड शनिबार अपराह्न बालुवाटार पुगेका हुन् । प्रचण्डका साथमा नेताद्धय नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पनी वालुवाटार प्रवेश गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनको लागि सहयोग माग्ने बताइएको छ । यसै विषयमा दुई दल (माओवादी र एमाले)बीच छलफल पनी हुनेछ ।

नयाँ सरकार गठनका लागि प्रचण्डले आज दिउँसो आन्दोलन मधेसी मोर्चाका नेताहरुसँग छलफल तथा परामर्श गरेका थिए । त्यसलगत्तै उनी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।