१ कार्तिक २०८३, शनिबार

नेपाल क्योकुशिन कराते संघ रुपन्देहीको अध्यक्षमा रोक्का

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karate-ruoandehi

भैरहवा, १५ साउन । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ स्थापित नेपाल क्योकुशिन कराते–डो संघ रुपन्देही जिल्ला संघको गठन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भैरहवामा सम्पन्न एक कार्यक्रमले संजीव रोक्काको अध्यक्षतामा आगामी चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा किशोर गहतराज, सचिवमा प्रितम रौनियार, सह–सचिवमा गोपाल परियार र कोषाध्यक्षमा प्रविन थापा रहेका छन भने सदस्यहरुमा विजय मल्ल ठकुरी, नितेश जानन्धर, संजीव गुरुङ्ग, मनोहर चौहान र लक्ष्मी मल्ल रहेका छन । त्यसै गरी सल्लाहकारहरुमा विश्व प्रकाश श्रेष्ठ, मनिष कुमार जोशी र सोम बहादुर गुरुङ्ग रहेका छन ।

नेपाल क्योकुशिन कराते–डो संघ रुपन्देही जिल्ला संघ रुपन्देहीका अध्यक्ष करुणा निधि त्रिपाठीको अध्यक्षता जिल्ला खेलकुद विकास समिति रुपन्देहीका उपाध्यक्ष मुक्ति अधिकारीको प्रमुख आतिथ्यता, भैरहवा–लुम्बिनी भुमिगत जल परियोजनाका कार्यालय प्रमुख इच्छा कुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका सदस्य आकाश शाही, उमा अधिकारी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य मनिष कुमार जोशी, उद्योग व्यापार संगठन रुपन्देहीका कोषाध्यक्ष सचिन रोक्का, लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका महासचिव नरेश केसी,सञ्चारकर्मी रबिन्द्र गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । करातेका प्रशिक्षक सरिता घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गोपाल परियारले गरेका थिए ।

सोही अवसरमा समाजसेवी तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य मनिष कुमार जोशीले करातेका प्रमुख प्रशिक्षक करुणा निधि त्रिपाठीलाई रु दश हजार बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।