१९ कार्तिक २०८३, बिहिबार

उदयपुर प्रशासनद्धारा बाढीपीडित परिवारलाई घरमै पुगेर राहत वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर १५ साउन । बाढीमा परेर मृत्यु भएका उदयपुरको पूर्वी गाविस तपेश्वरीका एक मृतक परिवारलाई उदयपुर प्रशासनले घरमै पुगरे राहत वितरण गरेको छ ।

सोमबारको बर्षातमा घर नजिकैको जमेको पानीमा डुबेर मृत्यु भएका तपेश्वरी १ का १३ बर्षिय बालक रितु प्रधानको घरमै पुगेर राहत रकम वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुर लेखापाल अनिल त्रिखत्रीको टोलीले मृतकको आमा बालकुमारी प्रधानलाई चालिस हजार रुपैया प्रदान गरेको प्रशासनले जनाएको छ ।

सरकारले प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउने व्यक्तिका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट जिल्ला दैवी प्रकोप उद्दार समितिले प्रति व्यक्ति चालिस हजार किरिया खर्च वापत रकम उपलब्ध गराउदै आएको छ । मृतक परिवारलाई स्थानीय गाविस सचिव, प्रहरी तथा संचारकर्मीको रोहवरमा राहत रकम हस्तान्तरण गरिएको लेखापाल त्रिखत्रीले जानकारी दिए ।

पीडित परिवारले घरमै राहत पाउदाँ विपद पर्दा सरकारले जनतालाई राहत दिदो रहेछ भन्ने महशुस भएको मृतककी आमा बाल कुमारीले बताईन । उनले भनिन ‘बर्षातको कारण मैले छोरो गुमाए पनि जिल्लाबाट घरमै राहात लिएर आउदा मेरा छोरा धेरै रहेछन भन्ने अनुभुति भयो ।’

मृतक परिवारलाई राहत रकम बाहेक त्रिपाल, मण्डी, भाडाकुडा र त्रियुगा उद्योग बाणिज्य संघबाट एक बोरा चामल समेत उपलब्ध गराईएको स्थानीय सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष धु्रब कोईरालाले जानकारी दिए । अत्याधिक परेको बर्षातको कारण असार देखि कोशीले पश्चिमी तटमा कटान तिब्र बनाएको छ । कोशी कटानले तपेश्वरी गाविसको सयौ विगाहा बाली सहित जग्गा कटान गरिसकेको छ ।