१९ कार्तिक २०८३, बिहिबार

घर भत्किँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाबियाचौर (म्याग्दी), १५ साउन । म्याग्दीको शिखमा आज बिहान घर भत्किँदा एक जनाको मृत्यु भएको छ भनेएक जना घाइते भएका छन् ।

शिख–२ का ८६ वर्षीय आइतसिंह दमाईंको घर भत्किँदा च्यापिएर मृत्यु भएको र उनकी श्रीमती ८३ वर्षीयारुपा दमाईं घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई तले ढुङ्गा माटोले बनेको घर भत्किएको हो ।

दमाईं दम्पती घरभित्र बसिरहेको अवस्थामा भत्किएको थियो । घार प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयवासीले घर भत्किँदा पुरिएका उनीहरुलाई बाहिर निकालेका थिए ।

घाइते रुपाको शिख स्वास्थ्य चौकीमा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि बेनी पठाइएको घार प्रहरीचौकीले जनाएको छ । घर भत्किँदा रु सात लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । –रासस