१९ कार्तिक २०८३, बिहिबार

भारतलाई युवा संघको चेतावनी- सीमा मिचेर बाँध बनाए प्रतिकार गर्छाै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force-statementकाठमाडौं, १४ साउन । युवा संघ नेपालले दशगजामा भारतले अबपनी एकतर्फी बाँध बनाए प्रतिकार गर्ने चेतावनी दिएको छ ।

शुक्रबार अपराह्न एक विज्ञप्ति जारी गर्दै संघले सप्तरीका स्थानीयहरुले भारतले बनाएको एकतर्फी बाँध भत्काएर नेपाल र नेपाालीको शीर ठाडो पारेको भन्दै आगामी दिनहरूमा भारतीय हस्तक्षेपविरुद्ध लाग्ने बताएको छ ।

‘उक्त घटनामा भारतीय पक्षवाट भएको ज्यादतीको घोर भत्सना गदै आगामी दिनमा यस्ता घटना दोहोरीएमा युवा संघ नेपालले प्रतिकार कदम समेत चाल्ने जानकारी गराउदछौं’ संघका प्रवक्ता प्रभातविक्रम कटवालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

युवा संघले भारतीय पक्षले सिमा सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यताको उल्लंघन गर्दै बाँध बनाउँदा सप्तरी डुवानमा परेको भन्दै एकतर्फी बाँध भत्काउन पनी माग गरेको छ ।

यसैबीच युवा संघले देशभरी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतमा लाग्न सबैमा आग्रह गरेको छ ।