काठमाडांै, १४ साउन । राजधानीमा भएको एक सडक दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगलमा वा.३ ख ९०६२ नम्वरको बसले बा.१ प ४८८६ नम्वरको स्कुटीलाई बिहिबार ठक्कर दिंदा भएको दुर्घटनामा स्कुटीमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीया लक्ष्मी गौतमको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका उनका पति स्कुटी चालक ५८ वर्षीय ठाकुरप्रसाद गौतम सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया