१९ कार्तिक २०८३, बिहिबार

नवलपरासीमा तीन वटा सहकारी खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari1-472x312_c– मोहन पौडेल

परासी, १४ साउन । गत आर्थिक वर्षमा नवलपरासीका तीन वटा सहकारी खारेज भएका छन् ।

दुई वर्ष भन्दा बढी समयदेखि साधारण सभा नगरेका, लेखापरीक्षण प्रतिवेदन नबुझाएका तथा निष्क्रीय रहेका तीन वटा सहकारीलाई खारेज गरिएको डिभिजन सहकारी कार्यालय नवलपरासीले जनाएको छ ।

कार्यालयले निष्क्रीय रहेका सहकारीहरुलाई ३५ दिने सुचना जारी गरि खारेजीको प्रक्रियामा लगेको थियो । त्यसमध्य अधिकांश सहकारीले कार्यालयमा सम्पर्क गरि साधारण सभा र लेखा परिक्षण गर्ने गरि जरिवाना तिरेर प्रतिवद्धता जनाएका छन भने सम्पर्कमा नआएका तिन वटा सहकारीलाई खारेज गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन सहकारी कार्यालय नवलपरासीका निमित्त प्रमुख कमल पोखरेलका अनुसार तिलकपुर गाविसको एभरग्रिन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बन्जरियाको तराई कृषि सहकारी संस्था लिमिटेड र कावासोतीमा रहेको त्रिशक्ती महिला तरकारी उत्पादक सहकारी संस्था लिमिटेड खारेज भएका हुन ।

गत आर्थिक वर्षमा नवलपरासीमा १७ वटा सहकारी एकिकरण भएका छन भने अहिले सम्म ३४ वटा सहकारी खारेज भएका छन । नवलपरासीमा हाल चार सय ८८ वटा विभिन्न प्रकृतिका सहकारीहरु रहेका छन ।