१ कार्तिक २०८३, शनिबार

गोर्खा सेवा समाज साउदीले क्षेत्रीय समिति बनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साउदी । गोर्खा सेवा समाज साउदीको क्षेत्रीय कमिटी गठन भएको छ ।

साउन ७ गते साउदीमा कर्म भुमि बनाएर बसेका गोर्खाली हरुले ‘सेवा नै धर्म हो’ भन्ने नारालार्इ आधार मानि गोर्खा सेवा समाज साउदीको कमिटिको तयारीका लागि रियाद क्षेत्र र त्यसको वरिपरीको भागलाइ समेट्दै क्षेत्रीय उपसमिती गठन गरेको हो ।

पहिलो पटक गोर्खा समाज साउदी समिति गठन को लागि अभियान मा लागेका लक्ष्मण क्षेत्री, खत्रीका अनुसार करिब २० दिनको अभियान बाट साउदी स्थित रोजगारीमा रहेका करिब १५० जना सङ्ग प्रतेक्ष्य सम्पर्क गरि सबैको सुझाब अनुसार साउदीका सबै प्रमुख क्षेत्रलार्इ उपसमिति बनाएर साउदी केन्द्रिय समिती बनाउने सुझाब अनुसार हाललाइ रियाद क्षेत्र ( राजधानी) लाइ ध्यानमा राखी केपी बगालेको अध्यक्षमा तल उल्लेखित निम्न निर्णय गर्दै क्षेत्रीय कार्य समिति को पूर्णता दिएको छ ।

निर्णयहरु:
१) साउदी मा दुक्ख पायको नेपाली देखि गोर्खा बासी को उद्दारका लागि सके सम्मको सहयोग गर्ने!
२) दु:ख पायको अवस्थामा रहेका नेपाली को सयोग को लागि दुताबाश  सङ्ग सहकार्य गरि  उद्दार को पहल गर्ने ।
३)समस्या मा परेका प्रवासी साथिहरुका लागि सहयोग यबम उद्दार गर्ने !
४)कुनै पनि नेपालि ले दुक्ख पाएको  खण्डमा दुताबाश मा  सहकार्य गरि बास्तबिकता पत्ता लगाइ उद्दार गर्ने!
५)कुनै पनि कम्पनील्रे कम्तीमा कम्पनीको नियम अनुसार मासिक सेलरी  नदियको खण्डमा यसको प्रदाफाश गर्न मिडिया  सम्म न्युज दिने!
६)कारण बस दुख झेल्नुपरेको गोर्खा प्रवासी तथा नेपाली सथिहरु लाई नेपाल फर्कन का लगि दुताबाश र मिडिया को सहयोग जुटाउनु पहल गर्ने!
७)हाम्रो आफ्नो मुलुकमा दलाल र मेनपावर ले झुठो प्रलोभनमा फसाई  बिदेश पठाउने कार्य  भैरहेको हुदा त्यस्ता बेक्ती र मेनपावर लाई मिडिया र दुताबाश सम्पर्क  गरि    रोक्न र कार्बाही गर्न सुझाव दिन सहयोग गर्ने
८)आफ्नो भाग्य आफै बनाउनु पर्छ भने झै आफू र आफू जस्तै प्रबासी साथीहरू को हितका लगि सदैव अग्रसरतामा सहयोग र सद्भाव आचरण सिक्न सिकाउन पहल गर्ने!
क्षेत्रीय उपसमिति यसप्रकार छ!
अध्यक्ष – कृष्ण  प्रसाद बगाले
उपाध्यक्ष -प्रदिप सेडाइ
सचिब- जीवन ज्योती
कोषाध्यक्ष- इम बहादुर राना मगर
सह- सचीव -अमृत  गोर्खाली
सदस्यहरु:  -सागर गुरुङ
              – ऋषि  पन्त
              -योनोस गोर्खाली
              -एक थापा
              -जीवन लामिछाने
              -दल बहादुर थापा मगर
              -कुमार बयलकोटि
              -लक्ष्मण  प्रशान्त तमु
               -राजन लामिछाने
               -रमेश गुरुङ
               -रामु राना मगर
   सल्लाहकारहरु: –
   तुलसि पन्त
   ईश्वर  प्रसाद ढकाल
   बिजय पन्त ,साथै यो छेत्री समिति को उदेस्य साउदी  देश लाइ पूर्ण गोर्खा समाज साउदी को कार्यसमिति बनाउने योजना मा निहित हुदा सबै क्षेत्र र तप्कामा काम गर्ने गोर्खालीहरुलाई यस कार्यमा हातेमालो गरि अगाडी बढ्न र  एकवापश मा सम्पर्क गर्न सबै साउदी स्थित गोर्खाली हरुलाई  लाइ आग्रह गर्दछ!!