१९ कार्तिक २०८३, बिहिबार

बर्दिया निकुञ्जमा बाघको संख्या बढ्यो, सबैभन्दा बढी वयस्क

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tiger new photo 3

– सुदीप अधिकारी

बर्दिया, १४ साउन । बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ८५ पुगेको छ ।

विश्व बाघ दिवसको अवसरमा शुक्रबार बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले पत्रकार सम्मेलन गरि बाघको संख्या सार्वजनिक गरेको हो ।

पछिल्लो गणना अनुसार वयस्क ५०, अर्धवयस्क ६ र (डमरु)बच्चा २९ वटा गरी ८५ वटा बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए । सन् २०१३ मा बर्दिया निकुञ्जमा ५० वटा मात्र बाघ थिए । तीन वर्षको अवधीमा ३५ वटा बाघ बढेका छन् ।

सन् २००८ बर्दिया राष्ट्रिय निकुञ्जमा १८, सन् २०११ मा १५ भाले र २२ पोथी गरी ३७ र सन् २०१३ मा १६ भाले र ३४ पोथी गरी ५० वटा बयस्क पाटे बाघ रहेका थिए ।

Tiger-Bardiya-Wildlife (2)

पछिल्लो पटक सन् १०१५ मा गरिएको बाघ गणनाबाट यो संख्या बढेर ८५ पुगेको छ । निकुञ्जमा बाघको सख्या क्रमिकरुपमा बढ्दै गएपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् ।

प्रत्येक चार वर्षमा गरिने भएपनि प्राकृतिक रुपमा र चोरी शिकारबाट बाघ मरेको भन्दै यसवर्ष बिचमै बाघ गणना थालिएको हो । सन् २०१५ डिसेम्बरदेखि निकुञ्जमा बाघ गणना थालिएको थियो । आधुनिक ‘ क्यामरा ट्यापिङ्ग ’ प्रविधीको प्रयोग गरि निकुञ्जमा बाघ गणना सुरु गरिएको थियो । बाघ गणनाका लागि निकुञ्ज क्षेत्रलाई ५ब्लकमा विभाजन गरिएको थियो । २५ प्रविधिक र ५ जना सहयोगी गरी ३० जनाको विशेषज्ञ प्रविधिकको टोलीले ७२ दिनसम्म निकुञ्जमा बाघ गणना गरेको थियो ।

हाल नेपालभर १ सय ९८ वटा बाघ रहेका छन् । सन् २००८ मा १ सय २१ बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने नेपाल सरकारको लक्ष्य रहेको छ । बाघको संख्या सार्वजनिक कार्यक्रममा बर्दिया राष्टिय निकुञ्जले शुक्रबार सदरमुकाम गुलरियामा बाघ संरक्षण सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरेको थियो ।