१९ कार्तिक २०८३, बिहिबार

काँग्रेस केन्द्रिय कार्यालयमा विद्यार्थी नेताहरुको अनशन दोस्रो दिनपनी जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ansan

काठमाडौँ, १४ साउन । विधानसम्मत अधिवेशनको माग गर्दै नेपाल विद्यार्थी सङ्घका नेताहरुले शुक्रबार दोस्रो दिनपनी नेपाली काँग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा रिले अनशन जारी राखेका छन् ।

बिहीबार साँझदेखि नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष एवम् अध्यक्ष पदका दावेदार पदमराज पन्तको नेतृत्वमा एक दर्जन बढी विद्यार्थी नेताहरुले पार्टी कार्यालयभित्रै अनशन थालेका थिए ।

शुक्रबार केन्द्रीय सदस्य इन्दु शर्माको नेतृत्वमा चितवन जिल्ला सभापति अरूणेशवोर खनाल, पूर्व उपसभापति बर्दिया लोक प्रसाद शर्मा, क्याम्पस सभापति भुवन न्यूपाने, नुवकोट काठमाण्डू सम्पर्क समिति सभापति उद्धव नेपाल लगायत अनशनमा बसेका छन् ।

सङ्घको ११औँ अधिवेशनका लागि फर्जि प्रतिनिधि छनौट गरेको भन्दै उक्त कार्यको विरोध गर्दै अनशनमा वस्नु परेको पूर्व कोषाध्यक्ष पदम पन्तले बताउनुभयो । “एक हजार एक सय बढी फर्जि प्रतिनिधि छनौट गरिएको छ, उक्त कार्य तत्काल सच्याउनु पर्छ,” उहाँले भन्नुभयो । संघका केन्द्रिय अध्यक्षले आसेपासेलाई प्रश्रय दिई विधानविपरित प्रतिनिधि छनौट गरेको पन्तको आरोप छ ।

संघको विधानले कामय गरेको भन्दा बढी फर्जि प्रतिनिधि खारेज गर्नुपर्ने र वास्तविक प्रतिनिधि मात्र कायम गरिनुपर्ने, स्ववियु र काउन्सिलको प्रतिनिधिका सन्दर्भमा वास्तविक प्रतिनिधि कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका काठमाडौँ उपत्यकाका क्याम्पसमा र अन्य जिल्लामा वैधानिक विधि अनुसार अधिवेशन सम्पन्न गरिनुपर्नेलगायत माग राख्दै पार्टी कार्यालयमा अनशन सुरु गरेको पूर्व कोषाध्यक्ष पन्तले बताउनुभयो ।