२७ कार्तिक २०८३, शुक्रबार

हाम्रो माग पूरा गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौं : राजेन्द्र महतो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendar-mahato

काठमाडौं, १४ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस-माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले भने, ‘अहिले उहाँहरुले हाम्रो समर्थन माग्नु नै भएको छैन, यदि माँग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेवारे कुरा राख्छौं ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष महतोले भने, ‘अब बन्ने सरकारले कस्तो व्यवहार गर्छ, हामी पनि त्यही अनुसार चल्छौं, मोर्चाले अघि सारेको ११ बुँदे मागबारे उहाँहरुको प्रष्ट धारणा आउनुपर्छ, अनि मात्रै सरकारमा जाने वा नजानेवारे हामी निर्णय गर्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले काँग्रेस–माओवादी केन्द्रवीच भएको ७ बुँदे सम्झौताको पहिलो बुँदामा मधेशी मोर्चाको माग सम्बोधन गर्ने कुरा उल्लेख गरिएकोमा सकारात्मक कदम भएको उल्लेख गर्दै भने, ‘उहाँहरुको प्रतिबद्धता सकारात्मक छ, तर अब त्यही अनुसारको काम पनि हुनुपर्यो नि, त्यस्ता बुँदा कति आए आए ? हामी उहाँहरुको व्यवहार हेर्न आँतुर छौं ।’

महतोले मोर्चाले अघि सारेका संविधानसम्बन्धी मागहरु र मधेश आन्दोलनबाट उब्जिएका समस्याहरुको समाधान गर्ने प्रतिबद्धता काँग्रेस र माओवादी केन्द्रले देखाए मोर्चा सरकारमा सहभागी हुने नभए बाहिर बसेरै सरकारलाई सहयोग गर्ने स्पष्ट पारे ।

विगतमा पनि आफ्ना मागहरु पूरा हुने विश्वासमा मोर्चा धेरैपटक सरकारमा सहभागी भएको स्मरण गर्दै महतोले थपे, ‘सरकारमा गएरमात्रै के हुन्छ, मुख्य कुरा हाम्रो मुद्दा हो नि, त्यसैले माग पूरा नभएसम्म हामी सरकारको स पनि उच्चारण गर्दैनौं र अरु साथीहरुले पनि गर्नुहुँदैन् ।’

मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको छ रे नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन राक्छौं र ? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ त्यसलाई ल्याउन सक्नुहुन्छ ।’

उनले गच्छदार मधेश विरोधी नेता भएको भन्दै आलोचना समेत गरे ।