१९ कार्तिक २०८३, बिहिबार

बाढीबाट कपिलवस्तुमा ६ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badi-kapilbastu

– शम्भू माली

कपिलवस्तु, १४ साउन । मंगलवार बाणगंगा नदीमा आएको बाढीले जिल्लामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लामा सीमावर्ती क्षेत्र सोमडीह– ६ बेलसापुरका ५५ बर्षे तिरथ पासी र सोही गाबिस– ८ ईटवाका ४५ बर्षे मादे कुजडा भन्ने अहमद हुसेन, निग्हिवा गाबिस- २ का ५२ बर्षे चैते रोक्का, रहेको प्रहरीले जनाएको छ ।

मंगलवार नै दाउरा खोज्न जानेक्रममा कजराहा –९ का सिग्राहवा गाउका २२ बर्षे शिव गुलामा कलवार बेपत्ता भएका थिए । बाणगंगा नगर पालिका ओदरी बसने बर्ष ११ को राबिना चौधरी रहेका बताएका छन । भृकुटी नगर पालिका ४ को १६ बर्षे कल्पना कार्कीको मृत्युको पुष्टी भएको छ ।

तिरथ पासी र मादे कुजडा भन्ने अहमद हुसेन, बगैचाको रखवाली गरीरहेको बेला बाढीले बगाएको थियो । यसैबिच तिरथको शव नदीमा भेटिएको स्थानीयले बताए । गत मंगलावर नै दाउरा खोज्न जानेक्रममा कजराहा – ९ का सिग्राहवा गाउका २२ बर्षे शिव गुलामा कलवार बेपत्ता भएका थिए । मंगलवार बिहान घाट गएका रोक्का हाल सम्म बेपत्ता रहेका छन् । अबिरल बर्षाको कारणको कपिलबस्तु जिल्लाको क्षेत्र नं.२ र ३ को दर्जनौ गांउहरु डुबानमा परेको छ ।

बिगत हप्ता दिन देखि लगातार भई रहेको अबिरल बर्षाको कारण गाविस सोमडीह, सिहोखोर, कजरहवा, सौरहवा, धनकैली, महुवा,भलवाड,निगलिहवा, नगर पालिकाको बिभिन्न वडा डुबानमा परेका छन । लगायत दर्जनौ गाविसका गाउहरु प्रभावित बनेका छन र हजारौं हेक्टर जग्गा डुबानका कारण रोपिएका धानबाली नष्ट भएका छन । त्यसै गरी क्षेत्र नं.३ रहेको जमुवार खोलामा र मसैया नालाबाट आएको बाढीका कारण दक्षिणका दश भन्दा बढी गाविस डुबानबाट प्रभावित बनेका बताएका छन ।

रोपिएका धानबाली नष्ट भएका कारण वर्ष दिन भरी खेती गरेर परिवार पाल्ने धान खेतमा बाढी खेत बाली तालमा परिणत भएपछि सर्वसाधारण निकै चिन्तित बनेका छन् । यसैगरि सिहोखोर ५ को अरुण कुमार शैनी २ वटा माछा पोखरी डुबेकोले ५ लाख बराबरको माछा क्षति भएको पाईएको छ ।