काठमाडौं, १४ साउन । नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ ।
यसअघि चीनले पनि सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भनेको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने, ‘नेपालको पछिल्लो राजनीतिक विकासलाई हामीले नितान्त अन्तारिक मामिलाका रुपमा लिएका छौं । त्यसैले यस विषयमा टिप्पणी गर्दिनँ ।’
नेपालमा बाढी र पहिरोका कारण मानिसको मृत्यु भएकोप्रति भारतले दुःख व्यक्त गरेको छ ।
दुई देशको सीमा नजिकै बाढी आइरहेका कारण आफूहरुलाई पनि समस्या आइपरेको प्रवक्ता स्वरुपले बताए ।
‘नेपाल सरकारले आग्रह गरेमा बाढी पहिरोमा परेकाको उद्धारमा नेपाल सरकारलार्इ सहयोग गर्न हामी तयार छौं’, उनले भने ।















प्रतिक्रिया