११ कार्तिक २०८३, बुधबार

चीनसँग यसरी जोडिदै छ सडक सञ्जाल

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal China Borderकाठमाडौं, १४ साउन । सरकारले उच्च प्राथमिकतामा राखेको उत्तरतर्फका चार नाका अबको दुई वर्षभित्र सडक सञ्जालमा जोडिने भएका छन् ।

सडक विभागका अनुसार अबको दुई वर्षभित्र मुस्ताङको कोरालापास, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र संखुवासभाको किमांथांका नाका मुलुकको सडक सञ्जालमा जोडिनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विभागका सिनियर डिभिजनल (सिडिई) इन्जिनियर लक्ष्मीदत्त भट्टले उत्तरको चारवटै नाका जोड्ने सडकको निर्माण कार्य द्रुतगतिमा अघि बढेको बताए ।

‘उत्तर जोड्ने नाकाकेन्द्रित सडक निर्माणका काम द्रुतगतिमा अघि बढेका छन् । बाधा अवरोध नआए अबको दुई वर्षभित्र उत्तरी नाका मुलुकको सडक सञ्जालमा जोडिनेछन् । यसले विकासको नयाँ ढोका खोल्नेछ’, उनले भने ।

विभागका अनुसार निर्माणाधीनमध्ये सबैभन्दा धेरै प्रतीक्षित रसुवाको केरुङ नाका जोड्ने सडक खण्डको निर्माण कार्य दु्रतगतिमा अघि बढेको छ ।

गल्छी–त्रिशुली–बेत्रावती–मैलुंग (४८ किमि) सडक खण्ड निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।

अवको दुई वर्षभित्र उक्त सडक दुई लेनको बन्नेछ । यसका लागि एक अर्व १० करोड रुपैयाँ बजेट बिनियोजन भइसकेको छ ।

मैलुंग–स्याफ्रुवेशी खण्ड १८ किमि सडक भने नेपाली सेनाले ट्याक खन्ने काम गर्दैछ ।

ट्रयाक अवको डेड वर्षभित्र खनि सकिनेछ । त्यस लगतै उक्त सडक दुई लेनको हुने गरी कालो पत्रे गरिनेछ ।

स्याफ्रुवेशी–रसुवागढी सम्मको १६ किमि सडक खण्ड भने चिन सरकारले निर्माण गरिदिने छ । यसका लागि चिनियाँ सरकारबीच सहमति भइसकेको छ ।