११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीको तोक आदेशमा चीनलाई बुढीगण्डकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????????????

काठमाडौं, १४ साउन । बुढीगण्डकी जलाशययुक्त आयोजना प्रधानमन्त्री केपी ओलीको तोकआदेशमा चिनियाँ कम्पनीलाई दिन प्रक्रिया अघि बढाइएको खुलासा भएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार १२ सय मेगावाटको यो आयोजना चिनियाँ कम्पनीलई दिन प्रधानमन्त्री ओलीकै तोकआदेशमा प्रक्रिया अघि बढाइएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

स्वदेशी लगानीमै निर्माण गर्ने भनेर चालू वर्षमा ५ अर्ब बजेट छुट्टाइएको र सोही आयोजना निर्माणका लागि बजेट व्यवस्थापन गर्न पेट्रोलीयम पदार्थमा ५ प्रतिशत करसमेत लगाइए पनि प्रधानमन्त्रीले अचानक यस्तो प्रस्ताव गरेपछि अन्योल उत्पन्न भएको छ ।

बिहीबार संसदको कृषि तथा जलस्रोत समितिकोे बैठकमा ऊर्जासचिव सुमनप्रसद शर्माले प्रधानमन्त्रीले चिनियाँ कम्पनीको तोकआदेश लगाएर मन्त्रालयलाई पठाएपछि यसबारे थप प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

‘प्रधानमन्त्रीको तोक आदेशआएपछि बुढीगण्डकी बनाउन आशय व्यक्त गर्ने कम्पनीबारे अर्थ मन्त्रालयमार्फत चिनियाँ दूतावासबाट जानकारी माग गरेका हौं’, उनले भने ।