टोकियो । यहि अगस्त ६ र ७ का दिन टोकियोको योयोगीपार्कमा हुने नेपाल डे फेस्टिभलमा पोखराका प्रकाश लाल श्रेष्ठज्युले खिं बाजा बजाउने भएको छ ।
श्रेष्ठज्युले नेवाः खल अर्घौं बजार पोखराबाट खिं बाजा र गाइजात्रामा नचाउने तायमचा नाच सिकी नेपालमा छँदा हरेक वर्ष गाईजात्राको सांस्कृतिक कार्यक्रममा सक्रिय रुपमा सहभागि हुनु भएको कुराको जानकारी दिनु भयो ।
कला संस्कृतिलाई प्रोत्साहन दिन उहाँ जस्तै कलाकारलाई खिं बाजा बजाउन स्थान दिइएकोमा वर्ल्ड नेवाः अर्गनाईजेशन जापानले जनाएको छ ।
‘हाम्रो सांस्कृतिक परम्परालाई बचाई राख्न पोखरामा नेवास् खल अर्घौं बजारमा बिभिन्न नेवार बाजाहरु र गाईजात्रामा नाच्ने तायमचा नाच सिकाउन्दै आइरहेको छ’, आयोजकको भनाइ छ ।















प्रतिक्रिया