त्रिशूली(नुवाकोट), १३ साउन । गाविसका कार्यालयका सचिवमा खरिदार र सुब्बा मात्र रहेकामा नुवाकोटमा पहिलो पटक शाखा अधिकृतलाई जिम्मेवारी दिइएको छ ।
पाँच गाविसमा शाखा अधिकृतलाई सचिवको जिम्मेवारी दिइएको हो । सरकारले गाविसहरुलाई गाभी गरी गाउँपालिका बनाउन लागिरहेका बेलामा गाविसमा पनि शाखा अधिकृतलाई सचिवको काम गर्न खटाइएको हो ।
चौघडा, थानसिङ, सूर्यमती, ककनी र तारुका गाविसमा शाखा अधिकृतलाई गाविस सचिवको पदमा खटाइएको जिविस प्रशासन प्रमुख हरि प्याकुरेलले जानकारी दिनुभयो । अहिले नुवाकोट लगभग गाविस सबै गाविसका लागि सचिवको दरबन्दी पूरा हुने अवस्थामा पुगेको छ । एकसठ्ठी गविस रहेको नुवाकोटमा ५७ सचिवको दरबन्दी छ ।
गाविस सचिवमा पाँच अधिकृत, ३२ नासु र बाँकी खरिदार छन् । बाँकी गाविसमा पनि सचिवका लागि केही सातामै पदपूर्ति भइसक्ने जिविसले जनाएको छ । रासस












प्रतिक्रिया