२९ आश्विन २०८३, बिहिबार

अग्नी परीक्षामा गगन र रविन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa

काठमाडौं, ४ भदौं । सधैँ चर्चामा रहिरहने दुई युवा नेता गगन थापा र रविन्द्र अधिकारी दुबैले संसदीय समितिमा महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन् ।

कांँग्रेसका तर्फबाट थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापतिको जिम्मेवारी पाउन लाग्नुभएको हो ।

त्यसैगरी अधिकारीले एमालेको तर्फबाट अर्थसमितिको सभापतिको जिम्मेवारी पाउन लाग्नुभएको हो ।

दुबै जना आ–आफ्नो पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनु भएको छ ।

पार्टीभित्र मात्र होइन आम कार्यकर्ता र जनस्तरमा पनि चर्चा कमाएका दुबै नेता उमेरका हिसावमा भने अन्य सभापति भन्दा कम उमेरका रहेका छन् ।

विगतमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र युनियनबाट राजनीतिक उचाई लिदैँ आउनु भएका थापा नेपाल विद्यार्थी संघको महामन्त्रीसमेत हुनुभएको थियो ।

विद्यार्थी राजनीतिमा राम्रो प्रभाव छाड् सकेकै कारण उहाँ पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट मनोनित सभासद बन्नु भएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नंं. ४ बाट भारी मतसहित विजयी हुनुभएका थापाले संविधान निर्माणका क्रममा पाएको यो सबै भन्दा महत्वपूर्ण जिम्मेवारी हो ।

उहाँ ०६७ साल असोजमा भएको कांग्रेसको १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

अधिकारी एमालेको भातृ संगठन अनेरास्ववियुमा अध्यक्ष भएर काम गर्नुभएको थियो । अघिल्लो संविधानसभामा पनि सदस्य रहनु भएका अधिकारी संविधानसभाको दोस्रो निर्वाचनमा पनि कास्कीबाटै निर्वाचित हुनुभएको हो ।

rabendra-adhakari
२०४६ सालमा पृथ्विनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सचिव र ४९ सालमा सभापति पदमा निर्वाचित हुनुभएका अधिकारी २०६० सालमा नेकपा एमाले, कास्कीको सचिव बन्नुभएको थियो ।

०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्सको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा बन्नुभएका अधिकारी भर्खरै सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले पनि संविधान निर्माणका क्रममा पाएको अहिलेसम्मको सबै भन्दा ठूलो जिम्मेवारी हो ।