१ कार्तिक २०८३, आइतबार

नयाँ सरकारबारे निर्णय गर्न गठबन्धनको बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghiya Gathabandhanकाठमाडौं, १३ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र नयाँ सरकारका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बसिरहेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा जारी बैठकमा माओवादी केन्द्रको नेतृत्वमा बन्न लागेको नयाँ सरकारका विषयमा छलफल हुने बुझिएको छ । बैठकमा आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।

केपी ओली नेतृत्वको सरकार गिराएर नयाँ सरकार बनाउन सहयोग गर्ने बताउँदै आएको संघीय गठबन्धनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न सक्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।