काठमाडौं १३ साउन । १४ जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द डिटेन्सनमा रहेका छन् । दलालको भरमा चीन काम गर्न भनेर विभिन्न समयमा आएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन् ।
पीडितले पत्रकार बताउने सीताराम पराजुली र जम्प टु अब नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलार्य चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनीहरुको निवेदनपछि दूतावासले स्थानीय प्रहरी समक्ष नेपाली युवालाई उद्धार गर्न अनुरोध गरेको थियो ।
बेइजिङको अध्यागमन कार्यालयमा ८ जना युवाहरु नजरबन्दमा छन् भने सान्तोङ प्रान्तमा दुई जना रहेका छन् ।
चीनको दक्षिणपूर्व हङकङ नजिकै रहेको सेन्जेनमा चारजना युवा प्रहरीको नजरबन्दमा रहेका छन् ।
चिनियाँ कानुनअनुसार भिसा सकिएर अबैध भएका विदेीले दैनिक पाँच सय चिनियाँ युआन जरिवान तिर्नुपर्छ ।
नेपाली युवाहरुले सो रकम तिर्न नसकेपछि प्रहरीले उनीहरुलाई नजरबन्दमा राखेको हो ।















प्रतिक्रिया