११ कार्तिक २०८३, बुधबार

डा.शशांकको कोटामा मन्त्री बन्न लागेका यी को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shashanka Koiralaकाठमाडौं, १३ साउन । दीपक गिरीका विषयमा धेरैलाई थाहा नहुन सक्छ । दाङ जिल्लाबाट राजनीति गर्दै आएका दीपक र कांग्रेस महामन्त्री डा.शशांक कोइरालावीच गहिरो सम्बन्ध छ ।

दीपक र डा.शशांक कहिल्यै पनि छुट्दैनन् । उनीहरूको ‘दोस्ती’का विषयमा बेलाबेलामा चर्चा पनि हुने गरेको छ । डा.शशांक कोइराला बिरामी भएर अस्पताल भर्ना भएका बेला पनि दीपक गिरी रातदिन सँगै थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

डा.शशांकको उपचारमा उनले भरपुर सहयोग गरेको स्रोतको भनाइ छ । दीपक र डा.शशांकको दोस्तीलाई डा.शशांककी पत्नीले फिटिक्कै मन पराउँदिनन् ।

तैपनि डा.शशांकले दीपक गिरीलाई काखी च्याप्ने गरेका छन् । उपचारपछि टोखास्थित निवासमा आराम गर्दै आएका डा.शशांकलाई दीपकसँग भेट्न नदिएको स्रोतको भनाई छ ।

दीपकलाई डा.शशांकले फोन गरेर दुःख सुखका कुरा गर्ने गरेको बताइन्छ । दीपक मन्त्री बन्ने लाइनमा अग्रस्थानमा छन् । उनलाई यसपटक कसैले मन्त्री बन्नबाट रोक्न नसक्ने बताइन्छ ।

सुशील कोइराला प्रधानमन्त्री बनेका बेला मन्त्री बन्छु भनेर दौरासुरुवाल सिलाएर ठीक्क परेर बसेका दीपकलाई अन्तिममा आफ्नै साथीहरूले रोकेका थिए ।

यसपटक डा.शशांकको जोडबलमा दीपक जसरी पनि मन्त्री बन्ने दाउमा छन् । डा.शशांक कोइरालाका मन्त्रीका लागि उनी एक मात्र उम्मेदवार हुन् । दीपकलाई नेता रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवाले पनि रोक्न नसक्ने उनी निकटहरू बताउँछन् ।