काठमाडौं, १२ साउन । युरो फाउन्डेशन कन्सलटेन्सीका सञ्चालक विनोद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले नुवाकोट काउली गाबिस १ घर भएका रामजी अधिकारी, बिनोद अधिकारी र तेह्रथुम सुडाप ४ का आङखेवा लिम्बु र म्याग्दीका बिष्णु मल्ललाई अष्ट्रेलिया पठाई रोजगारी लगाईदिने भन्दै ५ लाख ८० हजार लिएर सम्पर्क बिहिन भएका थिए ।
लाखौं पैसा लगेर सम्पर्कविहिन भएपछि पीडितहरुले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि गैह्रकानुनी तवरले रकम लिई ठगी गर्ने अधिकारीलाई महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारवाहिको लागी महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
- युरो फाउन्डेशन कन्सलटेन्सीले २०६९ सालदेखी गैह्रकानुनी रुपले मानिसहरुलाई अष्ट्रेलियामा पठाई कार्गोमा लोड-अनलोडको जागिर लगाई दिने भनि पठाउने गरेको ।
- मोहन कार्कीबाट ४ लाख, कृष्णा लामिछानेबाट ५ लाख, राजन गौतमाबाट ३ लाख, दिपक पन्तबाट १,५०,०००।-, राजन महर्जन, घनश्याम सापकोटा समेतबाट रकम लिई अष्टे्लिया रोजगारिमा पठाउने भनी प्रतिव्यक्ति ८ लाख लाग्ने भनी रकम लिएको देखिएको ।
- संचालक मध्ये रामजि अधिकारी दुवई र आङखेवा लिम्बु मलेशिया रहेको र बिनोद अधिकारीले कन्सलटेन्सिमा काम गर्ने र बेरोजगार युवा युवतिलाई सम्पर्कमा ल्याई रकम ल्याई रकम लिने गरेको खुल्न आएको ।
- निजहरुले धेरै व्यक्तिहरुलाई त्यसरी नै ठगी गरेको हुन सक्ने देखिएकोमा अनुसन्धान जारी राखिएको । एवं बिदेशमा रहेको ठगीमा संलग्न युरो फाउण्डेशनका संचालकलाई पक्राउ गर्न पहल गरी राखेको ।













प्रतिक्रिया