१९ कार्तिक २०८३, बिहिबार

२ सय २० जना रक्तदाता सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rakta-data

– यज्ञप्रसाद सापकोटा

बर्दिया,१२ साउन । नेपाल रेडक्रस सोसाईटि बर्दिया जिल्ला शाखाले रक्त सञ्चार सेवा स्वर्ण बर्षको अवसरमा २ सय २० जना रक्तदातालाई सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाईटि बर्दिया जिल्ला शाखाले ५० औ स्वर्ण बर्षको अवसरमा बर्दिया जिल्लामा २०७२ श्रावण देखि २०७३ श्रावण १२ सम्म बर्दिया जिल्लामा रक्तदान गर्ने रक्तदातालाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरीएको हो । नेपाल रेडक्रस सोसाईटिले रक्त सञ्चार सेवा सञ्चालन गरेको ५० औ बर्षको अवसरमा बर्दिया जिल्लाका रक्तदाताहरुलाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान गरीएको नेपाल रेडक्रस सोसाईटि बर्दिया शाखाले जनाएको छ । स्वर्ण जयन्तिको अवसरमा बर्दिया जिल्लामा १४ जना रक्तदाताले रक्तदान गरेका छन् ।

रक्तदातालाई प्रशंसा पत्र प्रदान गर्दै जिल्ला विकास समिति बर्दियाका स्थानीय विकास अधिकारी तेजराज शर्माले रक्तदान सबैभन्दा पुण्य कार्य भएको बताउनु भयो । उहाँले आफ्नो शरिरमा खेर गईरहेको रगतलाई दान गरेर अरु कसैको जिवन बचाउनु राम्रो कार्य भएको बताउनु भयो । उहाँले रक्तसञ्चार सेवाको विकासको लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाईटि बर्दिया जिल्ला शाखाका सभापति कृष्णप्रसाद गौतमले जिल्ला अस्पताल बर्दियाको सेवा सुविधा बढेसँगै जिल्लामा रगतको माग बढिरहेको बताउनु भयो । बर्दिया जिल्लामा रक्त सञ्चार सेवालाई थप सुविधा जनक बनाउनका लागि लाग्नुपर्ने बताउँदै बर्दिया जिल्लामा लामो समय सम्म रगत सुरक्षीत राख्नका लागि करिब २० लाखको लगानी गर्नु पर्ने भएको हुँदा सरोकार वालालाई सहयोगका लागि आग्रह गर्नु भयो ।

बर्दिया जिल्लामा रगत सुरक्षीत राख्ने प्रणालीको विकास भएमा अपरेशनको समयमा रगत लिन नेपालगञ्ज जानुपर्ने बाध्यता रहँदैन । जिल्ला अस्पतालमा बर्दियामा विभिन्न सेवा सुविधा थपिए सँगै रगतको माग बढ्दै गईरहेको छ तर रगत अभावका कारण विरामीहरु नेपालगञ्ज सम्म रगत लिन जानुपर्ने बाध्यता रहेको छ ।