१९ कार्तिक २०८३, बिहिबार

सभापति देउवाले दुःख व्यक्त गर्दै जापानलाई पठाए यस्तो सन्देश

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-1-1

काठमाडौँ, १२ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानको सागमिराहा सहरको अपाङ्ग सेवा केन्द्रमा मङ्गलबार भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सो घटनामा अपराधिक व्यक्तिको चक्कु प्रहारबाट १९ जनाको मृत्यु र २४ जना भन्दा बढीको घाइते बन्न पुगेका थिए ।

सभापति देउवाले आज एक विज्ञप्ति प्रकाशित गर्दै हालै टर्की, इराक, अफगानिस्तान, फ्रान्सलगायतका देशमा आतङ्कारी र आपराधिक समूहले निर्दाेष र निहत्था व्यक्तिको अत्यन्त क्रुर र बर्बरतापूर्वक हत्या गरिएको घटनाले विश्वलाई दःुख दिइरहेका बेला जापानमा भएको सो घटनाले पुनः विश्वलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ ।

विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी र अपराधिक घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यस दुःखद् क्षणमा जापान सरकार मार्फत म र मेरो पार्टीको तर्फबाट सहानुभूति प्रकट गर्दछु, साथै धैर्यपूर्वक अगाडि बढ्न कामना गर्दछु भनिएको छ । रासस