गुल्मी, १२ साउन । केही दिनयता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै सांसद गोकण विष्टले एक प्रेस विज्ञप्ती जारी गदै दुःख प्रकट गर्नुभएको छ ।
दर्जनौं नेपालीहरुको ज्यान जाने गरी गएको बाढी र पहिरोले हजारौं व्यक्तिहरु विस्थापित भएको विज्ञप्तीमा उल्लेख छ ।
अकल्पनीय प्राकृतिक विपत्तीले पुर्याएको क्षतिले आफुलाई दुःखीत तुल्याएको भन्दै बाढी पहिरोमा परेकानागरिकलाई तत्काल उद्धार तथा घाइतेहरुको उपचार र जोखिमपूर्ण अवस्थामा रहेका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा लैजानु पर्नेमा सांसद विष्टद्धारा हस्तारिक्षत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो संकटको घडीमा स्वयंंसेवी भावनाले राहत तथा उद्धारको काममा लाग्नु हामी सबैको कर्तव्य भएकाले सबैलाई आ–आफ्नो क्षेत्र बाट सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
प्रकृतिले निम्ताएको विपत्तीले हाम्रो जिल्ला गुल्मीमा पनि ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै । गुल्मीमा मात्रै बाढी पहिरोमा परि अहिले
सम्म७जनाको ज्यानगएको, दर्जनौं घाइते भएको तथा सयौं घरवार विहीन भएको खवरले मर्माहत तुल्याएको उक्त विज्ञप्तीमा बताइएको छ ।
प्राकृतिक विपत्तीमा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली तथा शोक सन्तव्ध परिवारप्रति समवेदना प्रकट गर्दै यो विपत्तिमा ज्यान गुमाएका
परिवारलाई उचित राहत तथा क्षतिपुर्तीका लागि र जोखिममा रहेकाहरुको यथाशिघ्र उद्धार गरि उचित पुनर्स्थापनाको लागि सरकारको गम्भिर ध्यानाकर्षण समेत जनाइएको सांसद विष्टद्धारा हस्तारिक्षत विज्ञप्तीमा उल्लेख गरिएको छ ।













प्रतिक्रिया